दार्चुला । दार्चुलाका ५ ओटा गाउँपालिका र महाकाली नगरपालिकाको केहि भुभाग गरी १९०३ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अपि नाम्पा संरक्षण क्षेत्र पुर्वाधार र प्रचारप्रसार अभावमा अाेझेलमा छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने पर्यटकीय स्थलहरुमा घुम्नको लागि आउँने विदेशी पर्यटकहरुको संख्यामा बृद्धि हुन सकेकाे छैन् । अपेक्षित रुपमा पर्यटकहरुको आगमन हुन नसकेकाे अपिनाम्पा संरक्षण क्षेत्रकै कर्मचारीहरु बताउछन । यहाँको हिमाल, तालतलैया, जडिबुडी, वन्यजन्तु तथा संस्कृतिको अध्ययन अनुसन्धानको लागि थाेरै संख्यामा विदेशी पर्यटक भित्रिने गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।


दार्चुलाका ६ ओटा स्थानीय तहमा पर्ने साविकका २१ वटा गाविस समेटेर संरक्षण क्षेत्र २०६७ सालमा स्थापना भएको हो । ब्यास, अपिहिमाल, नौगाड, मार्मा, दुहु गाउँपालिकाको अधिकासं भुभाग तथा महाकाली नगरपालिकाको केहि क्षेत्रमा फैलिएको संरक्षण क्षेत्र धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रहरु र प्राकृतिक स्रोत साधनले भरिपूर्ण छ । पर्यटकहरुको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरीपूर्ण भएपनि यातायातको असुबिधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार अभाव लगायत कारणले पर्यटकहरु अपिनाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् । जिल्लाकै एकमात्र गोकुलेश्वर बिमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्यि अन्तरराष्टियस्तरमा प्रचार प्रसार हुनसके प्रयटकहरुको लागि उचित गन्तब्य अपिनाम्पा संरक्षण क्षेत्र हुने निश्चित छ ।


दार्चुलाको ७ हजार १ सय ३२ मिटर उचाइको अपि हिमाल, ६ हजार ७ सय ५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८ सय ५० मिटर रहेको कापाचुली हिमाल, जेठबुहारी, व्यास हिमाल, लगायतका उच्च हिमऋखंला यहाँछन् । अपि हिमाल गाउँपालिकामा रहेका अपि हिमाल वरिपरीका क्षेत्रहरुमा घुम्नको लागि मात्रै बढि पर्यटक भित्रिनेगरेको छन ।
दार्चुलाको अपि हिमालमा पहिलो पटक सन् १९६० मा आरोहण गरिएको रेकर्ड छ । तर पछिल्लो समय अपि हिमाल आरोहणमा रोक लगाइएको छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र दुर्लभ वन्यजन्तु, हिउँ चितुवा, कालो भालु, कस्तुरी मृग, घोरल, नाउर, झारल, बाँदर, दुम्सी, व्वासो, लगुंर थार लगायतका २५ प्रकारका स्तनधारी वन्यजन्तु पाइन्छ । केहि समय अघि व्यासमा गरिएको सर्वेक्षणले अपि नाम्पा संरक्षण भित्र हिउँ चितुवा रहेको पुष्टि भएको थियो । यसैगरी अपि नाम्पा संरक्षण क्षेत्र भित्र डाफे, मोनाल, चीर, चिल, च्याखुरा लगायतका २ सय ४३ प्रजातिका चराहरु पाइने गरेको अध्ययनले देखाएको छ । संरक्षण क्षेत्र भित्र बहुमूल्य जडिबुडि यार्सागुम्बा, जटामसी, सुगन्धवाल, लौठ सल्ला, बोझो, वन लसुन, पाचऔले, कटुकी लगायतका ७५ प्रकारका जडिबुडीहरु पाइने गरेको छ ।
प्रचार प्रसार अभावले पछिल्लो समय पर्यटक भित्र्याउन खाले गतिविधी हुन नसकेको स्थानीय बताउँछन् । दार्चुलाको अपि हिमालको रुट मात्रै पुन सुचारु गर्न सके यहाँको पर्यटकीय गतिविधिले निरन्तरता पाउने देखीन्छ । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको क्षेत्रमा पहिलो प्रयास स्वरुप अपिहिमाल गाउँपालिकाले पर्यटकीय क्षेत्रको सम्भावना खोजी र पहिचान गराउने नीति लिएको छ ।


पर्यटक र पर्वतारोहीहरूका लागि सबैभन्दा छोटो रुटका रूपमा दार्चुलाको गोकुलेश्वर हुँदै लटिनाथ, गुल्जर, घुसाको रुट रहेको छ । हालको अपि हिमाल गाउँपालिकाको घुसा बाट डेढ दिनमै सजिलै अपि हिमाल वेस क्याम्प पुगिन्छ । विगत देखि नै यहि रुट भएर पर्यटकहरु यस क्षेत्रमा जाने गरेका छन् । अपी हिमाल आरोहण गर्न अप्ठेरो हिमाल नभएपनि यस हिमालसम्म पुग्ने बाटो र बाटोमा पर्यटकलाई आवश्यक पर्ने होटेल तथा अन्य सुविधा नभएकाले अपी हिमाल आरोहण गर्न कमै आउने गरेको अपिनाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताउनुभयो । पर्यटकको लागि स्वच्छ होटल, पर्यटक गाइड, उनीहरुले पाउने आधारभूत सुविधाहरु बढाउन नसकेकै कारण पर्यटकको चाप बढ्न नसकेको हो उहाँले भन्नुभयो, पर्यटकहरुलाई आरोहरण, ट्रेकिङकै लागि भए पनि भित्याउन सके दार्चुलाको आर्थिक समृद्धिमा सुधार आउने सक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?