दार्चुला । सिगों मुलुक कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा लागेका बेला मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुस्पा अवस्थी र अध्यक्ष नरेन्द्रसिह धामी आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीले गाउँपालिकाका काम कारवाहीमा एकलौटी ढंगले मनपरि काम गरेको, अनियमितता गरेको लगायत आठ बुदे आरोप पत्र सहित छानबिनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिनुभएको छ ।

उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीबिरुद्द लगाएका अाठ अाराेप

उपाध्यक्ष अवस्थीले निवेदन दिएको भोलिपल्ट (मंगलबार) अध्यक्ष धामीले पत्रकार सम्मेलनको आयोजना गरी उपाध्यक्ष अवस्थीले लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै खण्डन गर्नुभएको छ ।
समग्र गाउँपालिकाको नीति, निर्माण तथा निर्णय प्रकृयामा बराबर सहभागि रहेको व्याक्तिले नै गलत प्रचारबाजी गर्नु खेदजनक रहेको भन्दै कोरोना नियन्त्रण तथा रोकथामका लागि खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको मनोबल गिराउने कामको संज्ञा दिनुभएको छ । सिगों गाउँपालिका कोरोना रोकथामको अभियानमा रहेका बेला दुई महिना जिल्ला बाहिर बसेर गाउँपालिका भित्रिएका उपाध्यक्ष अवस्थीले क्वारेन्टाइनमा बस्न नमानेर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको अध्यक्ष धामीको आरोप छ ।

उपाध्यक्ष अवस्थीले लगाएकाे अाराेपपछि अध्यक्ष धामीकाे खण्डन 

उपाध्यक्ष अवस्थीले लगाएकाे अाराेपपछि अध्यक्ष धामीकाे बुदागत खण्डन

यसैबिच मालिकार्जुन गाउँपालिकाबासी र शुभचिन्तकहरुले एक अर्का बिरुद्द अाराेप प्रत्याराेपमा उत्रिएर जगहसाइ नगर्न अाग्रह गरेका छन् । अध्यक्ष र उपाध्यक्षबिच असहमति र मतभेद भए गाउँपालिकामै छलफलकाे माध्यमबाट समाधान खाेज्न स्थानीयकाे सुझाब छ ।

याे पनि पढ्नुहाेस्

मालिकार्जुन गाउँपालिका अध्यक्ष विरुद्ध उपाध्यक्षको उजुरी

 

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?