दार्चुला । दार्चुलाको छाङरुमा बोर्डर आउट पोष्ट (बीओपी) को भवन निर्माणका लागि सशस्त्र प्रहरीले प्रक्रिया थालेको छ । सरकारले भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट विनियोजना गरिदिएपछि सशस्त्र प्रहरी बलले बिहीबार बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउन थालिएको हो ।
अहिले प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली रहेको छाङरुमा भवन निर्माणपछि १ सय ६० जनाको फौज रहने गुल्म स्थापना गर्ने तयारी सशस्त्र प्रहरीको छ । कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म राखिने, १६५ जना खटाइँदै भवन निर्माणका लागि गत वर्ष नै सशस्त्रले १५ रोपनी जग्गा प्राप्त गरिसकेको छ ।
यो क्षेत्रसम्म पुग्नका लागि सडक सञ्जालको समेत समस्या छ । नेपाली सेनाको फौज सडकको ट्याक खोल्नका लागी घाँटी बगर क्षेत्रमा बिहीबार पुगेको छ । सेनाले तिकंर जोड्ने घोरेटो बाटो र सडकको निर्माण गर्ने तयारी थालेपछि स्थानीय खुसी भएका छन् ।
व्याँसका स्थानीय समेत रहेका प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले सामाजिक सञ्चाल फेसबुकमा स्टाटस राखेर व्याँस गाउँपालिका वडा नम्बर १ छाङरु र तिकंरबासीको वर्षौदेखिको सडक सपना पुरा गर्ने उद्धेश्यले सेना मार्फत सडक निर्माणको काम थालेकोमा नेपाल सरकारलाइ धन्यबाद दिनुभएको छ । अझै त्यस क्षेत्रमा खाद्यान्नको सहज आपुर्ती, सीमा पशासन, भन्सार, भेटनरी कार्यालयको स्थापना गर्नु जरुरी रहेकोले सरकारको ध्यानआकर्षण गराउनुभएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।