दार्चुला । गौरीफन्टा नाकाबाट पाँच दिनमा छ हजार तीन सय २० जना नेपालीको उद्धार गरिएको छ। जेठ २, ३, ७, ८ र ९ गते उनीहरुको उद्धार गरिएको हो। जेठ २ र ३ गते नौँ सय ५०, ७ गते आँठ सय ५८, ८ गते दुई हजार चार सय ९८ र ९ गते दुई हजार १४ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

उद्धार गरिएका मध्ये दुई सय ६ जनालाई धनगढी क्वारेन्टाइनमा राखिएको छ भने बाँकी छ हजार एक सय १४ जनालाई सम्बन्धित पालिकामा पठाईएको छ ।

छ हजार तीन सय बढिको उद्धार भएपनि कोरोना परीक्षण नहुँदा सुदूरपश्चिममा उच्च जोखिम बढेको छ। शुक्रबार मात्र सुदूरपश्चिममा ५ जना काेराेना संक्रमित भेटिएका छन् ।

पाँच दिनको अवधिमा झण्डै पाँच हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्। स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ ।

परीक्षणका लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय भएपनि सबैको परीक्षण हुन सकेकाे छैन।  सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव रहेको जनाएको छ। नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसंग भने मौज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झुलाघाटबाट चार किरियापुत्रीसहित ३७८ को उद्धार

किरियापुत्रीसहित बैतडीकाे सीमानाका झुलाघाटबाट ३७८ को आज उद्धार गरिएको छ। भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका झुलाघाटबाट उद्धार गरिएको हो।

उद्धार गरिनेमा बैतडीका १६२, दार्चुलाका ११, बझाङका १००, बाजुराका ३०, अछामका तीन, डडेल्धुराका पाँच र कञ्चनपुरका छ जनासहित १२ जिल्लाका नागरिक रहेकाे प्रहरीले जनाएकाे छ ।

सीमानाकामा सामान्य चेकजाँच मात्रै गरेर नेपाली नागरिकलाई स्वदेश ल्याइएको हो। सीमानाका झुलाघाटबाट फर्केका नागरिकलाई सम्बन्धित जिल्ला पठाइएको र बैतडीका नागरिकलाइ सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

सीमानाका झुलाघाटबाट ११ भारतीय नागरिक पनि स्वदेश फर्केका छन्। नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आआफ्ना देशमा आवतजावत गर्न दिइएको हो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?