दार्चुला । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको हो।

विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ ज्ञान दिलाउन अनलाइन प्रणालीको शुरुआत गर्ने तयारी भएको गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरका उपप्राद्यापक रमेशचन्द्र जोशीले बताउनुभयो ।

उहाँका अनुसार, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वरमा पहिलो चरणमा एम.एड तेस्रो सेमिस्टरको पठनपाठन अनलाइनमार्फत सञ्चालन गर्ने र त्यसपछि क्रमस. अन्य सेमिस्टर र वर्षहरुमा समेत कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

लामो समयसम्म क्याम्पस बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक प्रभाव पर्ने भएकाले अनलाइन प्रणालीबाट पठनपाठनको तयारी भएको हो । इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुलाई एकै पटक अनलाइनमार्फत पठनपाठनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

यसका लागि सुदूरपश्चिम विश्वविद्यालयले एडिबिको सहयोगमा मातहतका क्याम्पसका प्राध्यापकहरुका लागि अनलाइन तालिमसमेत सञ्चालन गरेको छ । जेठ २२ गतेदेखि शुरु भएको दश दिने उक्त तालिममा विश्वविद्यालयका १४ वटै आङ्गिक क्याम्पस र केन्द्रीय क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको छ ।

अनलाइनबाटै सञ्चालन गरिएको तालिममा कसरी पठनपाठन गर्ने, विद्यार्थीहरुको पहुँच कसरी बढाउने, शिक्षण क्रियाकलापलाई अनलाइन माध्यमबाट कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको उपप्राद्यापक जोशीले बताउनुभयो ।

विश्वविद्यालय अन्तरगतका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको इन्टरनेटमा पहुँच पुर्याउन नेपाल टेलिकम र एनसेलसँग सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले समेत सहकार्य गरिरहेको छ । यसका लागि सबै क्याम्पसमा अद्ययन गर्ने विद्यार्थीहरुका मोबाइल नम्बरहरु संकलन गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?