दार्चुला । शिक्षा, सूचना, समाचार र मनोरञ्जनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामुदायिक रेडियो लोकदर्पण ९४.६ मेगाहर्जले विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यक्तित्तहरुसंग सपना, संघर्ष र सफलताका कुराहरु साटासाट गर्ने कार्यक्रम द भिजन सञ्चालनमा ल्याएको छ ।

द भिजन हरेक हप्ताकाे शनिबार र आइतबार राती ८:३० बजेदेखि ९ बजेसम्म रेडियाे लाेकदर्पण ९४‍‌.६ मेगाहर्जका साथै अनलाइन, युट्युब र फेसबुक पेजमा समेत सुन्न, पढ्न र हेर्न सक्नुहुनेछ ।

द भिजनको शनिबारकाे अंकमा नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टसंग कार्यक्रम प्रस्तोता जिज्ञाशु खत्रीले गरेको कुराकानीको सम्पादित अंश प्रकासन गरेका छौँ ।

विगत चार महिनादेखि दार्चुला सहित देशभरी नै कोरोना महाव्याधीको प्रकोप छ, यसबिच नेपाल विद्यार्थी संघ दार्चुलाले के कस्ता कार्यहरू गरिरहेको छ ?

बिस्वव्यापी प्रकोपको रुपमा रहेको कोरोना संक्रमणका कारण जनजीवन प्रभावित भएको छ । यो अवस्थामा अप्ठ्यारोमा रहेका विद्यार्थी र आम नागरिक लाई नेपाल बिद्यार्थी संघले सामान्य अवस्थामा भन्दा संकटको बेला सक्दो सहयोग गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । त्यस अनुरुप नै नेपाल विद्यार्थी संघ दार्चुलाले लकडाउनको अवधीभर केही कार्यहरू निरन्तर जारी राखेको छ । अहिले नेपाल विद्यार्थी संघ दार्चुलाले लकडाउन अवधिका लागि सहजीकरण सचिवालय गठन गरेको छ सचिवालय मार्फत पास अनुमति, एम्बुलेन्स र सवारिसाधन को उपलब्धता, मानवताका लागि हामी भन्ने अभियान मार्फत नियमित औसधि सेवन गरिरहेकाहरुलाई काठमाडौ र धनगढी जस्ता ठाउँ बाट औषधी (शःशुल्क र निःशुल्क) उपलब्धताको लागि, जिल्ला बाहिर रहेका विद्यार्थी र भारतमा रहेका नागरिकहरु संग नियमित सम्पर्कमा रहने, र सामाजिक सञ्जाल मार्फत जनचेतना फैलाउने जस्ता कार्यहरु निरन्तर गरिरहेका छौ ।

जस्तोकी भारतको धार्चुलामा रहेका नागरिक हरुलाई स्वदेस ल्याउने कुरामा ज्ञापनपत्र देखि धर्ना सम्मका कार्यक्रम ग¥यौ । जिल्ला बाहिर रहेका बिद्यार्थीहरुलाई घर ल्याउने कुरामा स्थानीय तहहरुलाई लिखीत रुपमै अनुरोध पत्र लेख्ने र केही बिद्यार्थी हरु लाइ महेन्द्रनगरमा खाद्यान्न समेत उपलब्ध गराउने, डडेलधुरामा समेत खाना खुवाउन सहजीकरण गरेको जस्ता कार्यहरू भारतमा को विभिन्न ठाउमा रहेका दार्चुलाका लगभग १०० जना जती दार्चुलाका नागरिक हरु जसमध्ये १६ जना कैलालीका पनि थिए उहाँ हरु लाई भारत नेपाल मैत्री संघ मार्फत भारतमै ५१,५०० भारतीय रुपैया नगद र खाद्यान्न समेत उपलब्ध गराएका थियौ । जिल्ला बाहिरबाट आउने बिद्यार्थीहरुलाई सदरमुकाम खलंगा र गोकुलेश्वरमा पानी बिस्कुट चाउचाउ चिउरा र लगभग २०० जना जतिलाइ खाजा खुवाउने कार्य समेत गरेका छौ ।

स्थानीय स्तरमा जनप्रतिनिधिहरुसंग समन्वय गरि क्वारेन्टाइन व्यवस्थापन र अन्य कार्यहरुमा समेत सहयोग गर्न नेपाल विद्यार्थी संघमा आवद्ध साथीहरुलाई निर्देशन सहित अनुरोध समेत गरेका छौ केही ठाउमा साथीहरु जुट्नु पनि भएको छ । यि सबै कार्यहरु लकडाउनकै अवधिमा गरिएका हुन जो पर्याप्त त नहोलान र पनि सन्तोष गर्ने ठाउँ भने अवस्य छ । बजारमा कालोबजारी, कृतिम अभाव र अशोभनीय ढंगले मूल्य वृद्धि हुने कुरामा प्रभाकारी अनुगमनका लागि जिल्ला बिपद व्यवस्थापन समितिले गठन गरेको अनुगमन समितिलाई निरन्तर ध्यानाकर्षण गराएका छौ ।

राजनीतिक आन्दोलनमा सधैं अग्रपंक्तिमा देखिने विद्यार्थी संघ /सङ्गठनहरू सामाजिक कामहरूमा किन एक भएर जान नसकेका ? संकटको बेलामा समेत किन एकअर्काबिच आरोपप्रत्यारोप लगाउदै समय बिताइरहनु भएको छ ?

यहाँले उठाएको विषय सान्दर्भिक छ हामी बिद्यार्थी संगठन हरुका लागि संकटको बेला र खास गरि बिद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघ निरन्तर सहकार्यको पक्षमा छ र रहने छ जो आवश्यक पनि हुन्छ । तर सहकार्यका लागि एउटा नेपाल विद्यार्थी संघ मात्र तयार भएर पुग्दैन अरु संगठन हरुले कसरी लिन्छन भन्ने पनि हो । हामीले सहकार्यको प्रयास नगरेको होइन जस्तोकी तपाईं लाई थाहा छ एउटा उदाहरण दिन्छु, दार्चुलामा भएको महोत्सवमा हामिले विद्यार्थी र आम नागरिकको पक्षमा केही कुरा उठाएका थियौ त्यस बेला प्रांगिक बिद्यार्थी परिषद र अनेरास्ववियुसंग सहकार्यको प्रयास नगरेका होइनौ तर त्यो विषयमा मैले दुःखका साथ भन्नु पर्छ अनेरास्ववियु प्रतिकारमै उत्रेको जस्तो व्यवहार पायौ । तपाईं लाइ जानकारी छ छैन मिचिएको भुमी सम्बन्धमा हामीले समाजवादी बिद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारी संग समेत छलफल गरेर सयुक्त प्रेस विज्ञप्ती जारी गरेका थियौ । अब भन्नुस कोहि सकारात्मक हुदैनन भने हामी उहाँ हरु लाई भिरमा खसेको गाई लाई राम राम भन्न सकियो तर काध थाप्न सकिएन मात्र भन्न सक्छौ ।

बाकी रह्यो आरोप र प्रत्यारोपको कुरा नेपाल विद्यार्थी संघ कर्ममा बिस्वास गर्दछ हामी कसैको जस्तो हल्का, टिप्पणी गरेर आरोप लाउदैनौ यो प्रश्न कर्म नगर्ने र आरोप लाउनेहरुलाई सोध्नु मनासिब ठान्छु म । हामीलाइ लागेका आरोप छन भने तथ्य सहित खण्डन गर्न हामी तयार छौ । थप कुरा जोडन चाहे बिद्यार्थी संघ संगठनहरु सबै कुरामा राजनीतिक पार्टीबाट निर्देशित हुनुहुन्न जस्तो लाग्छ मलाइ कार्यगत एकता नहुनुमा यो पनि एउटा कारण होकि भन्ने ठान्छु म ।

यहाँले नेतृत्व सम्हालेको दिन दार्चुला जिल्लामा विद्यार्थी हकअधिकारका लागि थुप्रै प्रतिबद्धता गर्नुभएको थियो, अधिकासं प्रतिबद्धता पूरा हुन सकेनन नि ?

अवश्य पनि म नेतृत्व मा आउदै गर्दा विभिन्न प्रतिबद्धता गरेको थिए जुन प्रतिबद्धता बिद्यार्थी हक हित र समाजिक बिकृती बिसंगती देखि सुशासन सम्मका थिए । हेर्नुस हामीले गरेका प्रतिबद्धता पर्याप्त नभएको कुरा म स्वीकारछु । अपेक्षा अनुसार काम हुन नसक्नुका पछाडी थुप्रै समस्या र कारणहरु छन जस्तो तपाई लाई थाहा छ म नेतृत्वमा आएको एक महिना नहुदै केन्द्रीय समिति विघटन भयो एक वर्ष पछि आएको समिती पनि पूर्ण छैन यस्तै अन्य कारण र समस्या नभएका होइनन् । तर पनि थुप्रै कामको थालनी गरेका छौ जुन कार्यहरु प्रसंसा गर्न लायक पनि भएकै छन । केन्द्रिय समिती नरहेको र स्रोतसाधनको अभाव हुँदै गर्दा पनि दार्चुलामा सांगठनिक रुपमा अहिले ने.बि. संघ बढी सकृय र शसक्त पाउनु हुन्छ । हामीले पहिलो वर्ष हिजोको दिनमा विद्यार्थी संगठनहरु राजनीतिक आन्दोलनमा बढी व्यस्त रहे अब त्यो अवस्था छैन र निरन्तर शैक्षिक समाजिक शुसासन र विद्यार्थी हक हितका क्रियाकलापमा कृयाशिल रहनु पर्छ भनेर विद्यार्थीको बहुआयामिक प्रतिभा पहिचान र बिकासका लागि नेपाल विद्यार्थी संघ भन्ने नारा तय गरेर विभिन्न बिधालयहरुमा हाजिरी जवाफ, हिज्जे, वादविवाद, वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गरेका छौ त्यसैगरी बोटबिरुवा संरक्षण, बृक्षारोपण जस्ता क्रियाकलाप पनि नगरेका होइनौ । यातायातका क्षेत्रमा विद्यार्थीले पाउने छुट पाए नपाएको निरन्तर निगरानी गर्ने र नगर बसमा विद्यार्थीलाई छुट गराउने कुरामा पहल गरेका थियौ । समाजिक बिकृती बिसंगती र भेदभाव, महिला हिंसा र सुशासनका विषयमा समेत निरन्तर खबरदारी गर्ने कार्यहरु निजि बिधालयको शुल्क सम्बन्धमा र बिद्यार्थी माथी हुने कुटपिट जस्ता गतिविधि बिरुद्ध मा पनि बोल्दै आएका छौ ।

दार्चुलाको राजनीतिक, आर्थिक, सामाजिक र विद्यार्थीका हकहितको परिवर्तनका लागि तपाईंको भिजन के रहेको छ ?

यो प्रश्न जति छोटो छ नी उत्तर ठिक विपरित लामो र सामुहिक प्रयत्नले मात्रै सामाधानको उत्तर दिन्छ जस्तो लाग्छ मलाई । म एउटा बिद्यार्थी संगठनको अध्यक्ष छु, यसको अर्थ सबै कुराको परिवर्तनका लागि मेरो भिजन ले मात्रै सम्भव छैन । कतिपय परिवर्तनको लागि मैले बोलेर, लेखेर, खबरदारी गरेर, आफै अग्रसर हुनु पर्ने पनि होला त्यो म गर्छु नै । तर हामी सबैको सामुहिक प्रयास अपरिहार्य हुन्छ । जस्तो आर्थिक समाजिक, राजनीतिक र शैक्षिक विकासका लागि बोल्नु पर्ने ठाउमा बोलेर चेतना फैलाउनु पर्ने ठाउमा चेतना फैलाएर खबरदारी गर्नु पर्ने ठाउमा खबरदारी गरेर परिवर्तनको लागि म निरन्तर आफू लाई चलायमान राख्छु भन्ने उदेश्य बोकेको छु ।

मैले देखेको अहिलेको राजनीतिले हाम्रो समाजमा बिकास निर्माणका कार्यहरुमा हुँदै गरेका अनियमितताहरुलाई पक्षपोषण गरेको देख्छु जस्तो की उपभोक्ता समितीमा बस्न अशोभनीय प्रतिस्पर्धा किन ? दलहरुले सांसदले उपभोक्ता समिती सिफारिस गर्ने गोजिको मान्छे अध्यक्ष बनाउने कुराको बिरुद्ध बोलेको खोइ । किन पानी नभएको ठाउमा सिचाई, खोला नभएको ठाउमा पुल, मुहान नभएको ठाउमा मुहान संरक्षण भनेर अनियमितता भएको प्रष्ट देखिन्छ र पनि दल हरु मौन छन । बिकास निर्माणका कार्यहरुमा अहिले देखिएको अनियमितता त्रुटी नभएर प्रवृत्ति जस्तो हुँदै छ । यो कुरामा तपाईं हाम्रो ध्यान जानु जरुरी छ अझ म त के भन्छु भने सञ्चार माध्यमहरुले यो कुरा हरु जोड तोड्का साथ उठाउनु पर्छ ।

थप कुरा अहिले दलिय मानसिकताले सामाजिक सद्भाव र एकता कमजोर हुँदै छ । राजनैतिक बिचार धारा जे सुकै भए पनि समाजमा एकता कायम हुनु पर्छ । राजनीतिले दुई भाई विच लडाइ गराउने होइन हरेक लाई जोड्ने प्रयत्न गर्ने हो समाजिक एकताको लागि राजनीति भन्ने अभियान नै चलाउनु पर्छ । दार्चुला जिल्ला दुई देशसंग सिमाना जोडिएको छ चुनौती होलान र पनि अवसर छन चीन संगको व्यापारीक नाका खोल्ने र त्यो नाका जोड्ने तिंकर सडक तिब्र गतिमा सम्पन्न गर्न सकियो भने धेरै सम्भावना छन आर्थिक उन्नतिका । प्रचुर पर्यटकिय सम्भावना बोकेको जिल्ला हो दार्चुला विशेष गरी स्थानिय सरकार हरुले पर्यटन प्रबर्द्धन गर्ने नीति निर्माण गरि त्यसै अनुरुपका कार्यक्रम ल्याउनु पर्छ । पसिना बगाएर दुबै कतार बनाउने जनसक्ती लाई सदुपयोग गरि कृषि लगायतका क्षेत्रमा समेत आमूल परिवर्तन गरि आर्थिक रुपमा बलियो बनाउन सकिन्छ । समाजिक परिवर्तन र शैक्षिक परिवर्तनका लागि बिद्यार्थी संगठनको महत्वपूर्ण भुमिका हुनुपर्छ ।

अहिले प्राबिधिक शिक्षाको सुरुवात भएको छ यो आवश्यक थियो थप बिस्तार गरिनु पर्छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नु आवश्यक छ । शिक्षाको गुणस्तर निजिको राम्रो सरकारीको कामै नलाग्ने भएको भन्ने जुन स्यालहुय्या देखिन्छ नि यो राम्रो पक्ष होइन । पक्कै पनि संस्थागत बिधालय को गुणस्तर राम्रो देखियो होला तर सामुदायिकको पनि सुधार भएको देखिन्छ । खलंगामा भएको महेन्द्र नमुना स्कुल, मालिकार्जुन नमुना माबि धाप, लटिनाथ नमुना माबि रिठाचौपाता यस्ता थुप्रै स्कुलहरुले राम्रो गरेका छन । सामुदायिक बिद्यालय प्रती भरौसा र आकर्षण बढाउन बिद्यार्थी अभिभावक शिक्षक स्थानीय सरकार सबैको ध्यान जानु जरुरी छ ।
बिद्यार्थी सहर केन्द्रित हुने अहिलेको अवस्थाले राम्रो संकेत देखाउदैन जुन कुरा सहरले दिन्छ त्यो कुरा गाउको स्कुलले दिन थालेमात्र विद्यार्थी गाउमै अद्ययन गर्छन । यदि शिक्षा गाउँ केन्द्रित भएको हुन्थ्यो भने अहिले कोरोनाले जति प्रभावित भयो त्यति प्रभावित हुददैनथ्यो ।

विद्यालय व्यवस्थापन समितीमा पनि दल विषेशका मान्छे लाई प्रोत्साहन गर्ने कुरा र शिक्षक लाई पार्टीको प्रशिक्षित कार्यकर्ता को रुपमा कर्म गर्न उत्प्रेरित गर्ने कार्यको पनि म बिरोधि हु । म कुनै न कुनै नवीन कार्य गर्छु भन्ने सोचका साथ बिद्यार्थी राजनितिमा होमिएको छु । युवा पुस्ता राजनीतिमा आउनु पर्छ भन्ने मान्यता बोकेको छु राजनीती अहिले बदनाम भएको छ दल र नेताहरु प्रती जनताको भरोसा टुटेको पाइन्छ । राजनिती अपमानित छ दल र नेता हरुले आफनो आहार व्यवहार र आचरण मा सुधार ल्याएर राजनीती लाई सम्मानित बनाउनु छ । यो सुधारको लागि म आफै अग्रसर हुने आफ्नो पार्टी भित्र र बाहिर समेत सुधारका लागि निरन्तर संघर्ष गर्नेछु ।

अन्त्यमा, कोरोना संकटको समयमा आम दार्चुलाबासी र देशबासीलाइ तपाईं को सन्देश के रहन्छ ?

हामीले अहिले भोगिरहेको समस्या कोरोना संकटको कारण हामी सबैको जनजीवन प्रभावित भएको छ । सबै भन्दा पहिले म यो संकटसंग अग्रपंक्तिमा रहेर लडिरेहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीयतहका जनप्रतिनिधि सबैको स्वास्थ्य सुरक्षाको कामना सहित धन्यवाद दिन चाहान्छु ।
यो समयमा सामथ्र्य भएकाले सामथ्र्य नभएका लाई सहयोग गर्ने समय हो त्यसैले मानवीयता देखाएर सक्दो सहयोग गरौ, खान, लाउन भएकाहरुले राहतमा ¥याल चुहाउने प्रवृत्तिलाई निरुत्साहित गरौ । लकडाउन लम्बिने अवस्था अझै देखिन्छ जनताका समस्यामा स्थानीय सरकारले अझै तदारुकता देखाउनु पर्छ उहाँहरु लाई आवस्यक परेको बेला क्वारेन्टाइन व्यवस्थापन लगायत अन्य कार्यहरुमा सहयोग गर्न हुन सम्पुर्ण बिद्यार्थीहरु लाई अनुरोध गर्दछु । जिल्ला बाहिर वा भारत वा अन्य मुलुक बाट आउने नागरिकहरुलाई क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा (स्थानीय तहले भने अनुसार) बस्न अनुरोध गर्दछु ।
प्रदेश र संघिय सरकारको गति र मति ठिक छैन दार्चुला लाई सम्भावित रेड जोनमा राखेर मात्रै हुन्छ त ? पर्याप्त परीक्षण कीट र पिसिआर टेस्ट ल्याब स्थापना गर्न र जिल्लामा थप आइसोलेसन समेत स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन्छु ।
अन्त्यमा दार्चुलावासी सबैमा सतर्कता अपनाएर आफू पनि बाचौ र अरु लाई पनि बचाउ कोरोना युद्ध हामी सबैको सामुहिक प्रयत्न बाट जित्न सकिन्छ भन्दै त्यसैअनुसार व्यवहार गर्न अनुरोध गर्दछु ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?