दार्चुला । बलिउड अभिनेता अमिताभ बच्चनसँगै उहाँका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिनुभएको छ । अहिले उहाँहरुका परिवारका अरु सदस्यकोसमेत कोरोना परीक्षण भइरहेको छ ।

परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ ।अभिनेता अभिषेकले सबैलाई शान्त रहन र नआत्तिन आग्रह समेत गर्नभएको छ ।

अमिताभले पनि ट्वीटरमार्फत् गएको १० दिन भित्र आफ्नो सम्पर्कमा आउनेहरुलाई पनि कोरोनाको परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?