दार्चुला । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।

नगरपालिकाका अनुसार प्रज्वलनशील पदार्थ छर्किएर बुधबार राति अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको हो ।झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको वडासचिव महेश भट्टले बताउनुभयाे ।

‘झ्यालको सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरेको देखिन्छ’, उहाँले भन्नुभयाे, ‘कार्यालयको २ कोठा आगजनी भएको छ।’आगजनीबाट कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको वडासचिव भट्टले बताउनुभयाे ।‘वडा अध्यक्ष ज्यूको कार्यकक्ष बाहेक मेरो र प्राविधिक बस्ने कोठामा लगाइएको कार्पेट जलेको छ’, उहाँले भन्नुभयाे, ‘कम्प्युटरमा रहेका महत्त्वपूर्ण डाटा नष्ट भएको छ, कागजपत्र आंशिक जलेका छन् ।

’घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताउनुभयाे । क्षतिको विवरण संकलनका साथै प्रारम्भिक अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?