दार्चुला । भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराउनुभएकाे हाे ।

उहाँले ट्वीट गर्दै भन्नु भएकाे छ, ‘काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट पाेजेटिभ आएकाे छ । मेराे अवस्था सामान्य छ र डाक्टरकाे सल्लाहमा अस्पतालमा भर्ना हुँदैछु ।’

साथै उहाँले आफ्नाे सम्पर्कमा आएका व्यक्तिहरुलाई जाँच गराउन र आइसाेलेसनमा बस्न भन्नु भएकाे छ ।

अमिताभ बच्चन सङ्क्रमणमुक्त भएर घर फर्किए

बलिवुड अभिनेता अमिताभ बच्चन काेराेनामुक्त भएर घर फर्किएका छन् ।

आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

गएकाे महिना काेराेना सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अमिताभसँगै उनका छाेरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि काेराेनाकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?