दार्चुला । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आज(आइतबार)देखि शुरु भएको छ ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त भएको विश्वास गरिन्छ ।

सोही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनास्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो ।

गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाई पर्वको थालनी गर्दछन् ।

यहाँका महिलाले गहँु, केराउ, गहत, मास र गौरस मिसाएर तामाको भाँडामा भिजाउँछन् ।

यी पाँच अन्नलाई बिरुडा भनिन्छ । गौरापर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख साट्ने पनि गरिन्छ ।

गौरामा रोजगारीका लागि घरबाहिर रहेका घर फर्किन्छन् भने विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।

छैन रौनकता, कोरोना महामारी बाधक

सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा सुरु भएपनि यो बर्ष गाउँघरमा रौनक छाएको छैन् । कोरोना भाईरसका कारण सामूहिक रुपमा चाडपर्व नमाउन सरकारले आग्रह गरिसकेकाले यो बर्ष गौराको रौनक नभएको स्थानीयहरुले बताएका छन् ।

पारिवारिक मिलन, सामाजिक सद्भाव र एकअर्कासंग भेटभाट गर्ने पर्वको रुपमा गौरा मनाइने भएपनि कोरोना कहरले यो बर्ष गौराको उत्साह नभएको लेकम गाउँपालिका वडा नम्बर ५ का केशबदत्त जाेशीले बताउनुभयो ।

महिलाहरुले सामूहिक रुपमा भगवान महेश्वर र गौरीको पूजाआजा गर्ने भएपनि यो बर्ष कोरोनाका कारण घरमै गौरा मनाउन लागेको बताएका छन् । स्थानीय प्रशासनले सामूहिक रुपमा भेला हुन रोक लगाएकाले यो बर्ष गौराका खेलहरु पनि नहुने र सामुहिक रुपमा गाैरा नमनाइने स्थानीयहरुले बताएकाछन् ।

याे पनि पढनुहाेस् 

दार्चुलामा गौरा र तीज मनाउन रोक, चाडपर्वहरुमा भिडभाड नगर्न तथा नगराउन अनुरोध

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?