दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा लगाइएको ताला खोलिएको छ ।
वडाकै कर्मचारीले कानुन विपरित मृतक हरिदत्त जोशीको नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि स्थानीयले पिडितलाई न्याय र दोषीलाई कार्वाहिको माग गर्दै भदौ १५ गते बेलुकी ताला लगाएका थिए ।
सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको भेट्टिएपछि छानबिन तथा कार्वाहिका लागि सिफारिस गर्न वडाअध्यक्ष दिपेन्द्रसिह बोहरालाई भदौ ८ र १४ गते स्थानीयले निवेदन दिएपनि वडाको तर्फबाट न्यायोचित जवाफ तथा कार्वाहि नभएको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कार्वाहि गर्न १५ गते वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीय सम्भुराज जोशीले बताउनुभयो ।
लगातार तीन दिनसम्म भएको छलफलमा पिडितले न्यायको महसुस गर्ने र दोषीलाई कार्वाहि गरेको नपाइएपछि १५ गतेदेखि लगाएको ताला १७ गतेसम्म खुलेको थिएन ।
१७ गते वडा कार्यालयका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई तालाबन्दी खोल्ने विषयमा स्थानीयसंग छलफल गर्न भन्दै छलफलमा सहभागि हुन अनुरोध गरेपनि वडा कार्यालयका प्रतिनिधि समेत छलफलमा सहभागि नभएपछि स्थानीयहरुले जनप्रतिनिधि र कर्मचारीहरुको गैरजिम्मेवारीपूर्ण व्यवहार देखिएकोले सेवाग्राहिको समस्यालाई मध्यनजर गर्दै तालाबन्दी खोल्ने र कानुन अनुसार न्यायको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिने सहमतिपश्चात ताला खोलेको अर्का स्थानीय भुवन जोशीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीलाइ दिइएकाे निवेदनकाे बाेधार्थ लेकम गाउँपालिका दार्चुला, लेकम गाउँपालिका वडा नम्बर ५ काे कार्यालय दार्चुला, इलाका प्रहरी कार्यालय रिठाचाैपाता, जिल्ला प्रहरी कार्यालय दार्चुला, लेकम गाउँपालिकाकाे न्यायिक समितिलाइ पठाइएकाे छ ।
निवेदकले दिएको निवेदनको पूर्ण पाठ पढ्नुहोस
घटनाबारे भिडियाेसहितकाे पूरा जानकारी थाहा पाउन तलकाे लिकंमा क्लिक गर्नुहाेस
बृद्धभत्ता अनियमितता प्रकरण : न्यायकाे माग गर्दै वडामा तालाबन्दी (भिडियाेसहित हेर्नुहाेस)