तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ।

देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो ।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए ।

अफगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो ।

यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?