के अर्थ भयो मान्छे हुनु या नहुनुमा पनि ।
पिडा धेरै हुने रहेछ एकछिन छुनुमा पनि ।।
बा मरेको छ छोरो ओछ्यानमा बेहोस छ,
झ्यालबाटै हेर्छन् आफन्त मृत्युमा पनि ।।

वर्षौँ पछि घर आउँदा भेट्न मान्दैन कोही,
त्यही त्रास आउँछ प्रदेशी आउनुमा पनि ।।
बच्चा ढोकामा आए आमा देखिन सक्दिनन्,
आँसु नै आयो बा आँगन टेकिनुमा पनि ।।

कतै यिनले महामारी ल्याइएका पो छन् कि ?
करूणा भन्दा शङ्का देखिन्छ रुनुमा पनि ।।
कस्तो समय आयो यो मुख देखाउनै नमिल्ने,
मुग्लानीलाई ठूलो पिर छ घर सम्झिनुमा पनि ।।

           शब्दसाहित्य प्रेमी,  जानकी पाल (जानु) महाकाली नगरपालिका वडा नम्बर ६ निसिल, दार्चुला

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?