कोरोना जितेका डाक्टर भट्ट भन्छन्ः त्यसपछि डरलाई शक्तिमा बदले

दार्चुला । डाक्टर महादेब भट्टले केहि दिन अघि मात्रै गोकुलेश्वर देखि मार्मा सम्मको अधिकांस कच्ची सडक खण्डमा मोटरसाइकल यात्रा गरेका थिए। त्यसैमा एक–दुई पटक वर्षातको पानीमा निथ्रुकै भिजे पनि। उनलाई लाग्यो ‘त्यही भएर होला जिउँ दुखेको अनि थकान महसुस भएको।’

‘तर, मेरो शरिरमा त कोरोना भाइरस पो प्रबेश गरिसकेको रहेछ। पत्तै पाएन छु, निको भएपछि सोमवार  डाक्टर भट्ट गफिए, ‘रिपोर्ट आएपछि सुरुमा त झसंग भए, के गरु, कसो गरुरु केहि सोच्नै सकेन।’

मार्मास्थित लटिनाथ स्वास्थ्य इकाई केन्द्रका काम गरिरहेका थिए डाक्टर भट्ट भदौं पहिलो साता मात्रै उनी चमेलियाको तल्लो छेउ गोकुलेबाट मार्मा उक्लिएका थिए। पालिकासंग करार सम्झौता गर्न। ‘त्यसपछि बिरामिकै सेवामा खटिए,’ उनले भने, ‘पहिलो पटक डाक्टर त्यहाँ पुगेकाले विरामिको चाप पनि उत्तिकै थियो। टाढा टाढाबाट पैदल हिडेर आएका विरामीलाई जाच्दा पिपिइ सेटको उपलब्धता पनि त्यति थिएन। फेरी गम्भीर प्रकृतिका विरामी आए मात्रै पिपिई प्रयोग गर्नु पर्ने हुन्थ्यो।’

पिपिई सेट मात्रै होइन, कुनै बेला मास्कको उपलब्धता पनि हुदैन्थ्यो। कुनै दिन एउटै मास्क सातासम्म लगाउनुपर्ने बाध्यता थियो। ‘त्यसका बाबजुत पनि कोरोना लडाइको अग्रपंक्तिमा खटिएर काम गरियो,’ डाक्टर भट्टले भने, ‘सुरुमा सामान्य शरिरको दुखाई भनेर पेन किलर खाएर विसेक त भो, जव गाउँपालिकाले पिसीआर टेष्टको लागि स्वाव पठायो ती मध्ये मेरो रिपोर्ट मात्रै पोजेटिभ थियो।’

मास्क र पिपिई सेट अभावले डाक्टर भट्टलाई लाग्थ्यो– कुनै न कुनै दिन मलाई कोरोनाले छुन्छ। ‘तर यसरी छुन्छ भन्ने थिएन। लटिनाथ स्वास्थ्य इकाई गएको २ हप्तामै कोरोना पोजेटिभ देखियो। एक पटक त झसङ भए,’ उनले भने, ‘म एउटा स्वास्थ्यकर्मी भएर यसरी कमजोर हुनु हुदैन। मलाई त सामान्य व्यक्ति भन्दा धेरै कुरा जानकारी छ। मैले एकपटक यसरी सोचे। जसलाई स्वास्थ्यको स थाहा छैन्. उसलाई कोरोना लागे के गर्लारु ।

त्यसपछि डाक्टर भट्टले कोरोना प्रतिको डरलाई शक्तिमा बदले। त्यसैले आज उनी कोरोनासंगको लडाईमा बिजयी भएका छन्। ‘कोरोना पोजेटिभ भएको एक दुई दिनसम्म त मुखले बाहिर ठिक छ भने तर मनमा कता कता डर हुदो रहेछ,’ उनले भने, ‘गोकुलेश्वरको आइसोलेसनमा बसेको थिए। मलाई मानसिक रुपमा धेरै साथीहरुले साथ, सहयोग र हौसला प्रदान गरे। त्यस पछिका दिन अलि सहज भए।’

उनले एजिथ्रोमाइसिन र सिटामोल औषधि नियमित सेवन गरेको बताए। तर पनि मेडिसिन भन्दा घरेलु उपचारमा बढि ध्यान दिएको जनाए। ‘घरेलु जडिबुटी बेसार, गुर्जो, ज्वानोलाई पानीमा उमालेर दैनिक एक आधा घण्टाका वीचमा नियमित सेवन गरे,’ उनले भने, ‘असुरोको पात सुकाएर कहिले पानी संग र कहिले यत्तिकै खाए। पातको धुवा समेत लिए।’ उनलाई जव कोरोना संक्रमण देखियो। पढाएका शिक्षकहरुले फोन गरेर नआत्तिन सल्लाह दिए। ‘तिमिले आफ्नो आत्मबल बढाउ, खानपिनमा ध्यान दिनु, निको हुन्छ भनेर सल्लाह दिए। समाजिक सञ्जाल र फोनबाट पनि साथी भाई, इष्टमित्रहरु सबैले हाैसला दिनु भयो। अनि आफुलाई दरो बनाए,’ उनले भने।

सबैको साथ र सहयोगले निको भएको डाक्टर भट्टले बताए। उनले कोरोना लाग्दैमा नआत्तिन सुझाएका छन्। नियमित रुपमा औषधि तथा खानपानमा ध्यान दिएमा कोरोना संग सजिलै जित्न सकिने उनको भनाई छ। कोरोनाको संक्रमण भएको १० देखि १४ दिन भित्र दोस्रो स्वाव परीक्षण गर्नुपर्न भएकाले आफुले १२ दिनमा स्वाव दिएको र सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनले खुलाए। ‘भोलिनै अस्पतालबाट डिस्र्चाज हुन्छु,’ उनले भने, ‘केहि दिनमै फेरी नियमित काममा फर्किने छु।’

  महेन्द्रनगर पोष्टबाट साभार

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?