दार्चुला : नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।
बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ । योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् ।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




