दार्चुला । नेकपा एमालेका नेता गणेशसिंह ठगुन्नाले स्थानीय तहमा योजनाहरुलाई काग्रेशीकरण गर्दै एमालेका समर्थक जनता र कार्यकर्ताहरुमाथि दमन गर्ने काम भइरहेको बताउनुभएको छ । संघीयताको मर्म अनुसार अधिकासं स्रोत साधन स्थानीय तहमा बिकेन्द्रीत भएको छ । स्थानीय सरकारले हाम्रा समर्थक जनतामाथि भेदभाव गरिरहेका छन, नेकपा एमाले दार्चुला काठमाण्डौँ सम्पर्क मञ्चको विस्तारित भेलालाई सम्बोधन गर्दै नेता ठगुन्नाले भन्नुभयो, एमाले समर्थक जनतामाथि दमन गरिरहेका छन, योजनामा विभेद गरिरहेका छन । संघीय सरकारबाट पठाएका योजनाहरु समेत स्थानीय तहमा गएर काग्रेशका कार्यकर्तालाई पोस्ने काम भइरहेको उहाँको भनाई छ । जनतालाई रोजगारी दिन सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम समेत काग्रेशीकरण गरिएको उहाँको भनाई छ । विभिन्न प्रलोभन दिएर जनता झुक्याउने काम काग्रेशले गरिरहेको नेता ठगुन्नाले बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा नेकपा एमाले देशभरी नै बलियो भएपनि दार्चुलामा केही पदलोलुप व्याक्तिहरुको कारण चुनाव हारिएको बताउदै स्थानीय तहमा चुनाव हारेपछि गम्भीर पाठ सिकाइ भएको धारणा राख्नुभयो । चुनाव चित्ने कुरामा विभाजनले असर नगर्ने उहाँको भनाई छ, एकता र पार्टीले मात्रै जित्ने भए गत स्थानीय चुनाव जित्नुपर्ने थियो, उहाँले भन्नुभयो, तर हामी चुनाव हार्र्यौ । अहिले दार्चुलाको अधिकासं भूभागमा काग्रेशका प्रतिनिधिहरुको राज्य चलिरहेको छ । जनताको घरदैलोमा सिहदरवारको अधिकार पुगेकोले अब स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न कुनैपनि कसुर बाकी नराखिने ठगुन्नाको भनाई छ । पुरानो साथीको मुल्याङकन पार्टी संगठन र अभिलेखमा हुने र जनताको बिचमा जाने कुरामा सक्षम, भिजन भएको र जनताको प्रतिनिधित्व गर्न सक्नेलाई प्राथमिकता दिइने उहाँको भनाई छ । २०४८ सालदेखि २०७० सालसम्म काग्रेशका कारण विकास नभएकोप्रति संकेत गर्दै उहाँले दार्चुलाको विकासमा आफुले निर्वाचित भएपछि विकासको जग तयार गर्ने काम भएको धारणा राख्नुभयो । नेपालमा एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुको भविष्य नभएको भन्दै उहाँले संख्याका कम्युनिष्ट पार्टीले महत्त नराख्ने तथा कमिकमजोरी सुधार गरेर जनताको घरदैलोमा बिचार र संगठन पुर्याउन नसके र सुखदुखमा साथ दिन नसके जुनसुकै पार्टी समेत जनताको प्रतिनिधित्व गर्न नसक्ने उहाँको भनाई छ । देशभरी पार्टी विभाजन भएपनि दार्चुलामा पार्टी एकताबद्ध ढंगले अगाडी बढ्ने नेता ठगुन्नाको भनाई छ ।

आफु बिरामी भएर लामो सयम जनताको बिचमा जान नसकेको बताउदै नेता ठगुन्नाले पार्टी बिचार र संगठनलाई जनताको घरदैलोमा पुर्याउन सबैले लाग्नुपर्ने बेला आएको बताउनुभयो । पार्टी विभाजन हुँदैमा चुनाव हारिन्छ भन्ने मानसिकता नराख्न कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ । क्रियाशिलता, लगनसिलता र भिजनको आधारमा कार्यकर्ताको मुल्याङकम गरेर अगामी चुनावमा एमाले अगाडी बढ्ने नेता ठगुन्नाको भनाई छ ।

प्रेमसिंह धामी, बिरबहादुर ठगुन्ना जस्ता राष्टबादी नेताहरुको भिजन, खुन पसिनाबाट बनेको पार्टीका कार्यकर्ता भएकोले एमालेले देशको विकास, राष्टियता र भगौलिक अखण्डताको सवाल उठाउने र काम गर्ने गरेको उहाँको भनाई छ । एमाले र माओबादी मिलेर बनेको नेकपाका अधिकासं नेता कार्यकर्ता एमालेमै रहेकोले दार्चुलामा एमालेले सहि ढंगले अगाडी बढ्न सके चुनाव सचिलैसित जित्न सकिने नेता ठगुन्नाले बतायनुभयो । प्रतिनिधिसभा सदस्य एबं निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहनुभएका नेता गणेश सिह ठगुन्नाले विभिन्न पार्टीभित्र र बाहिरबाट बाधा व्यवधान, षड्यन्त्र गरेर विकास र समृद्धिको यात्रामा अवरोध भएको बताउनुभयो । जिल्लादेखी देशभरीको विकास, समृद्धि, राष्ट्रियता मुद्धालाई एमालेले मात्रै अगाडी बढाउने गरेको उहाँको भनाई छ । दार्चुलाको विकासका लागि गरेका केहि कामहरुमा काग्रेशले अवरोध गर्न खोजेको तथा विभिन्न सडक योजना र कार्यक्रमहरु काट्ने काम भइरहेको उहाँको भनाई छ । दार्चुला तिकंर सडक निर्माणमा काग्रेशकै कारण ढिलाइ भएको उहाँको भनाई छ । तिकंर सडक स्तरोन्नतीको बहुबर्षे फाइल वर्तमान सरकारले राष्ट्रिय योजना आयोगमा अड्काएको बताउदै नेता ठगुन्नाले विकासमा अवरोध नगर्न चेतावनी दिनुभयो । २०७० सालसम्म एउटा योजनाको डिपिआर गर्न नसक्ने काग्रेशले एमालेले शुरु गरेका योजना रोक्ने काम गरिरहेको भन्दै विकासमा प्रतिस्पर्धा गर्ने भए नयाँ योजना हाल्न र जनताको बिचमा गइसकेका महत्तपूर्ण योजना काट्ने काम नगर्न चुनौती दिनुभयो । स्थानीय तहका केन्द्र जोड्ने सडक, खलंगा बिटुले पारिबगर सडक, भर्तोला जोलजिवि लाली सडक लगायत महत्तपूर्ण सडक लगायत योजना, कार्यक्रम बर्तमान परमादेशको सरकारले काटीरहेको नेता ठगुन्नाको भनाई छ ।

शैल्यशिखर नगरपालिका लगायत स्थानीय तहमा करोडौँ भ्रष्टाचार भइरहेको बताउदै नेता ठगुन्नाले जनताका नयाँ प्रतिनिधि निर्वाचित भएपछि भ्रष्टाचारका फाइल, बिल भरफाइ खोलेर भ्रष्टहरुलाई जेल हाल्नुपर्ने चेतावनी समेत दिनुभयो । दार्चुलाको विकासमा काग्रेशको कुनै योगदान नभएको बताउदै नेता ठगुन्नाले गोकुलेश्वर विमानस्थल, दार्चुला तिकंर सडक, खानेपानी, सडक, विद्युत, सञ्चार, स्वास्थ्य लगायत विभिन्न क्षेत्रका योजना आफ्नो कार्यकालमा अगाडी बढेको उहाँले उल्लेख गर्नुभयो । दार्चुलासहित देशभरका प्रतेक पालिकालाई पक्की सडकले जोड्ने एमाले सरकारको लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले कटौती गरेको नेता ठगुन्नाले बताउनुभयो ।

नेता ठगुन्नाले गरेको पूरा सम्बोधन हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?