दार्चुला । डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले समग्र डिलाशैनी गाउँपालिकाको विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मठैराजमा महोत्सब उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बोहराले महोत्सब सफलताको शुभकामना व्यक्त गर्दै गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभिन्न चुनौतीका बिच सोचे अनुसार काम गर्न नसकेपनि डिलाशैनीको समग्र विकासका लागि गाउँपालिका लागि परेको उहाँको भनाई छ ।
मठैराजबासीको साथ सहयोगको लागि धन्यबाद व्यक्त गर्दै उहाँले आफुले गरेको बाँचा कार्यकालभित्र पुरा गर्ने बताउनुभयो । गाउँपालिका केन्द्रको बिषयमा अदालतमा मुद्धा बिचाराधिन रहेकोले अदालतको निर्णय सबैले मान्नुपर्ने उहाँले बताउनुभयो । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ मठैराजमा विहिबार पाचौं बृहत् साङ्गतिक महोत्सव २०७८ को उद्धाटन भएको छ । आयोजक मठैराज सांस्कृतिक क्लबका अध्यक्ष महेशराज पन्तको अध्यक्षता एबं नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको प्रमुख आतिथ्यता र डिलाशैनी गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको बिशिष्ट आतिथ्यतामा महोत्सब उद्धाटन भएको हो ।
महोत्सबको उद्धाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि एबं एमाले बैतडी जिल्ला अध्यक्ष पालले दुई महिना भित्र मठैराजमा गाडी गुडाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । डिलाशैनीसहित समग्र डिलाशैनी र बैतडीको विकासका लागि नेकपा एमाले प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले महोत्सब आयोजना गरेकोमा आयोजकलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय भेष भूषा, छलिया नाच, फाग, डुस्को, घुमारी, मठैराज युवा क्लबको बेजोड नृत्य प्रस्तुति संगै स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




