दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा प्रहरीले कार्तिक १ गतेबाट ७ गतेसम्म (एक हप्ताको) समयमा साढे चार लाख बढीको भन्सार छलीको समान बरामद गरेको छ ।
जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सात दिनको अवधिमा भन्सार छलीको ४ लाख ६९ हजार ६९० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय दार्चुला बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
प्रहरीले आज मात्रै जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–४ रिङनतालक्षेत्रबाट बेबारीसे अवस्थामा राखिएको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरेको छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म दार्चुला प्रहरीले २२ लाख २१ हजार १९० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको समान वरामद गरेको जनाएको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।