दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा कार्तिक ४ गते वडा नम्बर–३ लालीबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता शिविर कार्तिक ८ गते (आज) वडा नम्बर–१ सर्मोलीमा सम्पन्न भएको छ ।

लेकम गाउँपालिकाको आयोजना  तथा लक्ष्मी सर्नराईज बैंक लेकम शाखाको सहयोगमा सञ्चालन भएको शिविरबाट पाँच वटा वडाका ८३७ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता बुझेका छन् । गाउँपालिकाको वार्षीक स्वीकृत कार्यक्रम अनुसार वडा नम्बर ५ मा लक्ष्मी सर्नराइज बैंक नजिकै रहेकाले बैंकबाटै तथा अन्य वडाहरुमा वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरिएको गाउँपालिकाका एम आइ एस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।

जसअन्र्तरगत वडा नम्बर तीन लालीमा १३८ जना लाभग्राहीहरुलाई वडास्तरबाटै सेवा लिएका छन् । यस्तै वडा नम्बर–४ खरकडामा १४३ जना, वडा नम्बर–२ कुणीमा २०३ जना जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाप्त गरेका छन् ।

यस्तै वडा नम्बर–६ उचाकोटमा १२५ जना र वडा नम्बर–१ सर्मोलीमा १५० जना गरी पाँच वडाका कुल ८३७ जना जेष्ठ नागरिकहरुले वडास्तरबाटै सामाजिक सुरक्षा भत्ता पाप्त गरेको एम आइ एस अपरेटर बिष्टले बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?