दार्चुला । आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले इटालीलाई ४२ रनले हराएको छ । वेस्ट इन्डिजले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा १ सय २३ रनमा अलआउट भयो ।

त्यसअघि भारतको कोलकातामा टस हारेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले ६ विकेट गुमाएर १ सय ६५ रन बनायो । यसअघि नै ‘सुपर एट’मा पुगिसकेको वेस्ट इन्डिज लगातार चार खेलमा जितेर समूह ‘सी’को शीर्ष स्थान कायम राख्न सफल भयो ।

अहिले श्रीलङ्काको कोलोम्बोमा जिम्बाव्वे र श्रीलङ्कका खैल्दैछन् । आयोजक श्रीलङ्काले टस जितेर ब्याटिङ राजेको छ । यस्तै बेलुकी सवा ७ बजे भारतको चेन्नईमा अफगानिस्तान र क्यानडा खेल्दैछन् ।

विश्वकपमा ‘सुपर एट’मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । समूह ‘ए’बाट भारत र पाकिस्तान, समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे, समूह ‘सी’बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड तथा समूह ‘डी’बाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् ।

‘सुपर एट’का खेलहरु पर्सि शनिवारदेखि शुरु हुनेछन् । ‘सुपर एट’ को पहिलो खेलमा न्यूजिल्याण्ड र पाकिस्तानबीच खेल्दैछन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहनेछन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?