ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीको शुभकामना

र्चुला । अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको शुभकामना सन्देश व्यक्त गरेका छन् ।

डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा घर, कार्यालय, समुदाय र पूजा स्थलमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले हामीलाई आशातर्फ डोर्याउने बताएका छन् ।

उनले भनेका छन्, ‘अमेरिकी दीपावली मनाउन जहाँ दियो जलाउँछन्, त्यस ठाउँमा यो देश धार्मिक स्वतन्त्रताको प्रतीकको रुपमा चिनिन्छ ।’

ट्रम्पका साथै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पनि दीपावलीको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘करौडौँ हिन्दू, जैन, शिख र बौद्ध उज्यालोको तिहार मनाइरहेका छन् । जिल बाइडेन र मेरो तर्फबाट दीपावलीको शुभकामना । तपाईँको नयाँ वर्ष आशा र खुसीले भरपूर होस् । शुभकामना ।’

 

नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्वीट गर्दै दीपावलीको शुभकामना दिएकी छिन् ।

‘दीपावली र यस वर्षको शुभकामना । विश्वभर रहनुभएका सबै जना एक सुरक्षित, स्वस्थ र खुसीका साथ नयाँ वर्षको उत्सव मनाउनुहोस् डगलस एम्पहफ र मेरो इच्छा छ’, ह्यारिसले ट्वीटमा भनेकी छिन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?