नमस्कार । यहाँहरु सबै पाठक, श्रोता र दर्शकहरुलाई पढ्न, सुन्न र हेर्न मिल्ने डिजिटल पत्रिका लोकदर्पण टिभी डटकम (www.lokdarpantv.com) मा हार्दिक स्वागत छ । लोकदर्पण टिभी डटकम मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित नेपाली र अग्रेजी भाषाको लोकप्रिय समाचार पोर्टल हो । यो सबै नेपालीको साझा अनलाइन सञ्चारमाध्यम हो ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रता, राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भावका पक्षमा हामी अग्रमोर्चामा अविचलित समर्पित छौं । स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय, राजनीतिक, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, विज्ञान-प्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, खेलकूद, मनोरञ्जन, साहित्य र सचेतनासँग सम्बन्धित मुद्दाहरुमा केन्द्रित लोकदर्पण टिभी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरु पढ्न, सुन्न र हेर्न सक्नुहुनेछ ।
मालिकार्जुन सामुदायिक संस्थाले लोकदर्पण टिभी डटकम अनलाइन पोर्टल सँगै शिक्षा, सूचना, समाचार र मनोरञ्जनका लागि समाजको आवाज, रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज, समाजको ऐना लोकदर्पण टिभी युटुव च्यानल र लोकदर्पण डायरी साप्ताहिक पत्रिका समेत सञ्चालनमा ल्याएको छ । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्य सामाग्रीको माध्यमबाट हामी विगतको समिक्षा, वर्तमानको अभिलेख, भविष्यको दिशानिर्दश राख्छौँ । सुशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि हाम्रा सामाग्रीहरु सहयोगी हुनेछन् । हामी राम्रो काम गर्न खोज्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई खवरदारी गर्न तत्पर छौ ।
पत्रकारिताको नैतिक बलमा उभिएर हाम्रो हैन, राम्रो लाई आत्मसात गर्दै अगाडी बढिरहेका छौँ । सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई काम अनुसारको प्रश्न गरेर जिम्मेवारबोध बनाउने र पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण सत्य, सन्तुलित र विश्वसनीय समाचार पस्किन हामीले सकारात्मक ढंगले सबै पक्षसंग सहकार्य र समुन्वय गर्न चाहान्छौँ ।
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै अनलाइनमा लोकदर्पण टिभी डटकम लगइन गरेर वा ९४.६ मेगाहर्जमा एफ.एम रेडियोका साथै फेसबुक, युट्युव, ट्युटर लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । तपाईं पनि सूचना, समाचार, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर वा तथ्यपरक मनोसुचनात्मक जानकारी दिएर हामीसंग जोडिन चाहानुहुन्छ भने इमेल ठेगाना वा फोन मार्फत सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले लोकदर्पण टिभी डटकममा गर्ने प्रतिक्रिया वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक, कानुन सम्मत र शिष्ट हुनेछन भन्ने अपेक्षा गर्दै हाम्रा सामाग्रीहरुमा लाइक, कमेन्ट र सेयर गर्नुहुनेछ भन्ने पूर्ण अपेक्षासहित सम्पूर्ण सहयोगी शुभेच्छुकहरुप्रति धन्यबाद व्यक्त गर्दछौँ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd