दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका घर भएका रमेशबहादुर बमको मलेसियामा निधन भएको छ। उच्च रक्तचापका कारण कोमामा पुग्नुभएका बमको उपचारका क्रममा भदौ २ गते निधन भएको आफन्त गणेश बमले जानकारी दिनुभयो।
बमको पार्थिव शरीर हाल मलेसियाको हस्पिटल सेबराङ जयामा रहेको छ। परिवारको भविष्य तथा एक छोरा र एक छोरीको उज्ज्वल भविष्यको सपना बोकेर रोजगारीका लागि मलेसिया पुग्नुभएका बमको निधनपछि परिवार शोकमा डुबेको छ।
उहाँको पार्थिव शरीर नेपाल ल्याउन नेपाली राजदूतावास मलेसिया, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग, श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, बीमा बोर्ड, स्थानीय तह तथा प्रदेश सरकारलगायत सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल भइरहेको आफन्त गणेश बमले बताउनुभयो।
तर पार्थिव शरीर नेपाल ल्याउने, आवश्यक कागजी तथा कानुनी प्रक्रिया पूरा गर्ने तथा मलेसियामा लागेको र बाँकी खर्च व्यवस्थापन गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले शोकमा डुबेको परिवारमाथि थप आर्थिक भार परेको उहाँले बताउनुभयो।
बमको पार्थिव शरीर जन्मभूमिको माटोमा पुर्याउन आर्थिक सहयोग आवश्यक परेको भन्दै परिवारले नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक अभियन्ता तथा मनकारी महानुभावहरूसँग सहयोगको अपिल गरेको छ।सहयोगका लागि बैंक विवरण :
बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड
खातावालाको नाम: KU. LAXMI CHAND
खाता नं.: ०४३०७०१००४१४४१
सम्पर्क नं.: ९८४८८७७१७३
क्यूआरमार्फत समेत सहयोग गर्न सकिने जनाउँदै आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी रमेशबहादुर बमको पार्थिव शरीर स्वदेश ल्याउने कार्यमा साथ दिन परिवारले आग्रह गरेको छ।





प्रतिक्रिया