नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि दार्चुलाका ६ जनाको उम्मेदवारी

दार्चुला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दार्चुलाबाट छ (६) जनाको उम्मेदवारी परेको छ।

स्रोतका अनुसार केन्द्रीय सदस्यमा धर्मानन्द जोशी, ललित सिंह बोहरा, गोबर्धन कोली, हरक बिष्ट, विनोद राज जोशी र आनन्दी पन्तले उम्मेदवारी दिएका छन्। कांग्रेस नेता दिलेन्द्र प्रसाद बडूकै नेतृत्वमा दार्चुलाको टिम महाधिवेशनमा सहभागी भएको छ, एक जना केन्द्रीय महाधिवेशन प्रतिनिधिले भन्नुभयो, अहिलेसम्म ६ जनाको उम्मेदवारी परेको छ।

दाबीविरोध र उम्मेदवारी फिर्ताको समय बाकी भएकोले निर्वाचनमा जानेको संख्या तलमाथि हुनसक्ने बताइएको छ। केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये दार्चुलाका ६ जना नेताहरूले विभिन्न कलष्टरबाट उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?