दार्चुलाको मार्मामा एनसेलको नयाँ टावर सञ्चालन, करिब ५ हजार नागरिकले सेवा पाउने दाबी

दार्चुलाको मर्मा गाउँपालिकामा एनसेलको नयाँ टावर सञ्चालनमा आएको छ। असोज ५ गतेदेखि सञ्चालनमा आएको उक्त टावरबाट गाउँपालिकाका करिब ५ हजार नागरिकले सेवा उपभाेग गर्न पाउने दावी गरिएको छ।

मर्मा गाउँपालिकामा सञ्चालनमा आएको यो टावर दार्चुलामा एनसेलको १०औँ टावर हो। नयाँ टावर सञ्चालनमा आएपछि यस क्षेत्रका नागरिकलाई मोबाइल तथा इन्टरनेट डाटा सेवामा सहजता हुने अपेक्षा गरिएको छ। एनसेलका अनुसार सुदूरपश्चिम प्रदेशभर हाल ३ सय ३६ वटा टावर सञ्चालनमा रहेका छन्। कम्पनीले प्रदेशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्दै आएको जनाएको छ। त्यस्तै, एनसेलले दार्चुला जिल्लामा हाल ६ वटा कर्पोरेट ग्राहकलाई इन्टरनेट तथा इन्ट्रानेट सेवा दिई रहेको जनाइएको छ।

थप समाचारका लागि फेसबुकमा Lokdarpan TV

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?