दार्चुला । नेपालीहरूको महान् पर्व तिहार (शुभ–दीपावली) २०८३ को पावन अवसरमा दार्चुलामा खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। रोयल बालशिखर युथ ग्रुप, महाकाली नगरपालिका–९ थाप्लाको आयोजनामा ुचौथो संस्करणको बालशिखर प्रिमियर लिग (BPL) खुला क्रिकेट प्रतियोगिता हुन लागेको हो।
खेलकुदको विकास, आपसी भाइचारा, एकता तथा खेल भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको रोयल बालशिखर युथ ग्रुपका सदस्य योगेश धामीले जानकारी दिनुभयो ।
प्रतियोगिता आउँदो कात्तिक २० गतेदेखि २३ गतेसम्म महाकाली–९ थाप्लास्थित बालशिखर खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने टिमले कात्तिक १९ गते साँझसम्म टिम दर्ता गरिसक्नुपर्ने धामीले बताउनुभयो। प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ।
यस पटक प्रतियोगिताको विजेता (प्रथम हुने) टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता (द्वितीय हुने) टिमले नगद १२ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ।





प्रतिक्रिया