श्रमदान र आर्थिक सहयोगबाट नागेश्वर ज्योतिलिङ्ग धामको पुनर्निर्माण सम्पन्न

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१, नागुमा अवस्थित नागेश्वर ज्योतिलिङ्ग धामको पुनर्निर्माण सम्पन्न भएको छ। स्थानीयवासीको आर्थिक सहयोग तथा श्रमदानबाट धाममा विभिन्न संरचना निर्माण गरिएको हो।

धामको पुनर्निर्माणका लागि नागु गाउँका स्थानीयवासी तथा देश–विदेशमा रहेका सहयोगीहरूबाट आर्थिक सहयोग जुटाइएको थियो। पुनर्निर्माण अभियानका संयोजक महेन्द्र बम ठकुरीका अनुसार धाम निर्माणका लागि गाउँका स्थानीयवासीबाट ६० प्रतिशत र विदेशमा रहेका साथीहरूबाट ४० प्रतिशत सहयोग प्राप्त भएको थियो।

उहाँका अनुसार आर्थिक सहयोग अभियानमार्फत गाउँ र विदेशबाट गरी करिब दुई लाख ५० हजार रुपैयाँ संकलन भएको थियो। उक्त सहयोगबाट धाममा आवश्यक संरचना निर्माण गरिएको हो।

धामको पुनर्निर्माणमा आर्थिक सहयोगसँगै विभिन्न व्यक्तिहरूले निर्माण सामग्रीसमेत उपलब्ध गराएका छन्। नौगाड गाउँपालिका–१, नागु रडरडे घर भई हाल फर्निचर उद्योग सञ्चालन गर्दै आउनुभएका लोकेन्द्रबहादुर बमले एक लाख २० हजार रुपैयाँ बराबरका झ्याल तथा ढोका उपलब्ध गराउनुभएको छ।

त्यस्तै, आनसिंह डडालले जस्तापातालगायत एक लाख रुपैयाँ बराबरका निर्माण सामग्री उपलब्ध गराउनुभएको अभियानका संयोजक महेन्द्र बम ठकुरीले बताउनुभयो।

स्थानीयवासीको श्रमदान, आर्थिक सहयोग तथा विभिन्न व्यक्तिहरूबाट प्राप्त निर्माण सामग्रीको सहयोगमा धामको पुनर्निर्माण कार्य सम्पन्न भएको हो। पुनर्निर्माण सम्पन्न नागेश्वर ज्योतिलिङ्ग धाम केही दिनमै सञ्चालनमा आउने अभियानका संयोजक ठकुरीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?