दार्चुलाको दुहुँ गाउँपालिकाले सञ्चालनमा ल्यायो सार्वजनिक बस सेवा, सस्तोमै यात्रा गर्न पाइने

दार्चुलाको दुहुँ गाउँपालिकाले सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ । बुधबार (आज) गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले गाउँ बस सेवाको उद्घाटन गर्नुभएको हो ।

दुहुँकै चल्लेगाडामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा दुहुँ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष देब बहादुर बम, वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णसिंह लोथ्याल लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीको सहभागिता रहेको दुहुँबाट समाचारदाता प्रकाश कार्कीले जानकारी दिनुभयो । अब दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाको वडा नम्बर ४ रिङनतालदेखी दुहुँसम्म स्थानीयले सहज र सस्तो भाडामै यात्रा गर्न पाउने गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनुभयो ।

दुहुँ गाउँपालिकाले तय गरेको भाडादर अनुसार खलंगास्थित रिङनतालदेखी श्रीबगरसम्म ३० रुपैयाँ, तिमुरपाटासम्म ६० रुपैयाँ, सल्लीसम्म ७० रुपैयाँ, सिमलीसम्म ९० रुपैयाँ, दौलासम्म १०० रुपैयाँ, जोशीगाउँसम्म १२० रुपैयाँ, धारीसम्म १३० रुपैयाँ, चल्लेगाडासम्म १५० रुपैयाँ, गरमोरासम्म १७० रुपैयाँ, हिकिलासम्म २०० रुपैयाँ, बास्पालीसम्म २२० रुपैयाँ र बिणसम्म २५० रुपैयाँ भाडा लाग्नेछ । न्यूनतम भाडा रु. १० तय गरिएको र जेष्ठ नागरिक, क वर्गका अपाङग, गर्भवती महिला र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?