भारतले धौलीगंगा बाँधको ढोका खोल्दै, महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

दार्चुला । भारतको पिथौरागढ जिल्लास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका सिल्ट सफाइका लागि करिब ४८ घण्टासम्म खोलिने भएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै २०८३ साल असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने जानकारी गराएको हो।

तपोवन, धारचुला, पिथौरागढस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका सिल्ट सफाइ कार्यका लागि खोलिने सम्बन्धमा एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट पत्राचार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाँधको ढोका खोलिने उक्त ४८ घण्टाको अवधिमा र त्यसपछि समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनारका बासिन्दालाई नदी आसपासका क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?