दार्चुलाको लेकम-४ दऊका नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत सहायक सेनानी देव सिंह धामीको अन्तिम संस्कार गरिएको छ। भाद्र १० गतेको विनाशकारी रसुवा भोटेकोशी वाढीमा परी वेपत्ता हुनुभएको र हालसम्मपनी सम्पर्कमा नाआएको तथा भेटिने सम्भावना नरहेको हुदा, धार्मीक संस्कार अनुसार असोज ७ गते (आज) लेकम-३ लालीस्थित आर्यघाटमा कुशको पुत्ला वनाई अन्तेष्टी गरिएको हो।
दार्चुलाको श्रीदल गुल्मबाट गुल्मपती राजकुमार थापाको नेतृत्वमा ३७ जनाको सैनीक टोलीले सलामी अर्पण गर्दै श्रद्धाञ्जली सहित अन्तिम संस्कार गरिएको सैनिक दिपेन्द्र भण्डारीले बताउनुभयो। दिवंगत धामीका बुबा, छोराहरू र आफन्तजनहरू अ’न्ते’ष्टी पछि घर फर्किएका छन्।





प्रतिक्रिया