राप्रपा दार्चुलाको अध्यक्षमा प्रकाश दयाली दोहोरिए, उपाध्यक्षमा कृष्ण कुवँर र सचिवमा नवीन जोशी

दार्चुला — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दार्चुलाको जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा प्रकाश दयाली पुनः निर्विरोध चयन हुनुभएको छ। बुधबार आज जिल्ला सदरमुकाम खंलगामा सम्पन्न जिल्ला अधिवेशनले दयालीलाई जिल्ला अध्यक्षमा पुनः निर्विरोध चयन गरेको हो। अधिवेशनमा पार्टीको संगठन, आगामी कार्यदिशा तथा विभिन्न विषयमा छलफल गर्दै सहभागीबाट प्राप्त राय–सुझावका आधारमा नयाँ जिल्ला कार्यसमिति चयन गरिएको जनाइएको छ।

अध्यक्ष दयालीको नेतृत्वमा गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा कृष्णबहादुर कुवँर, सचिवमा नवीन जोशी, सह–सचिवमा हरिसिंह भाट, कोषाध्यक्षमा भरतबहादुर चन्द र प्रवक्तामा नरेन्द्र धामी चयन हुनुभएको छ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूले दयालीलाई पुनः जिल्ला अध्यक्षमा निर्विरोध चयन गर्ने निर्णय गरेको र सोहीअनुसार नयाँ कार्यसमिति गठन गरिएको प्रवक्ता नरेन्द्र धामीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?