तीन महिनामै भत्किन थाल्यो गोकुलेश्वर माविको नयाँ भवन, प्रशासनले माग्यो प्राविधिक प्रतिवेदन

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ तीनतले भवन निर्माण सम्पन्न भएको करिब तीन महिनामै भुइँ, कौसी र सिँढी टुटफुट हुन थालेपछि निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको गुनासो आएको छ।

नमुना विद्यालय गुरुयोजनाअन्तर्गत आर.डी. बिल्डर्स निर्माण कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा निर्माण सम्पन्न गरेको भवन नयाँ शैक्षिक सत्र २०८३ देखि प्रयोगमा ल्याइएको थियो। तर, भवन सञ्चालनमा आएको करिब तीन महिना नबित्दै कक्षाकोठाका भुइँ, कौसीका भुइँ तथा सिँढीहरूमा टुटफुट देखिएको र भवनका विभिन्न भागको फिनिसिङमा समेत समस्या देखिएको गुनासो आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

नयाँ भवन यति छोटो अवधिमै क्षतिग्रस्त हुन थालेपछि निर्माण कार्यको गुणस्तर तथा प्राविधिक मापदण्ड पालना भए–नभएको विषयमा गम्भीर प्रश्न उठेको भन्दै जवाफ पेस गर्न प्रशासनले विद्यालयलाई निर्देशन दिइएको छ।

निर्माण कार्यमा लापरवाही भएको, गुणस्तरहीन सामग्री प्रयोग गरिएको वा सम्झौताविपरीत काम भएको आशंका गर्दै छानबिन तथा कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको बताइएको छ।

उजुरीपछि जिल्ला प्रशासन कार्यालयले विद्यालयलाई पत्र पठाउँदै भवन निर्माणका क्रममा के–कस्तो अवस्था भएको हो भन्ने यथार्थ विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

साथै, भवनको निरीक्षण तथा अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयबाट खटिएर आउने प्राविधिक कर्मचारीलाई आवश्यक सहजीकरण गर्न विद्यालयलाई अनुरोध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी पत्रमा भवन निर्माणमा भएको भनिएको कमजोरीबारे प्राविधिक परीक्षण तथा स्थलगत निरीक्षणपछि वास्तविक अवस्था स्पष्ट हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?