गौराको अवसरमा दुहुँ-४ फाराको महिला समूहद्वारा बाढीपीडितका लागि २० हजार ५५५ रुपैयाँ सहयोग

दार्चुलाको दुहुँ गाउँपालिका–४ फाराका समाजसेवी ताराकेशरी कुँवरको नेतृत्वमा महिला समूहले गौरापर्वको अवसरमा आर्थिक सहयोग संकलन गरेका छन्।

फाराको महिला समूहले रसुवा भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगका लागि २० हजार ५५५ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

गौरापर्वको अवसरमा संकलित रकम विपद्मा परेकाहरूको राहतका लागि प्रदान गरेर महिला समूहले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?