डोकटमा सम्पन्न वडास्तरीय भलिबलको उपाधी पुरूषतर्फ रौतेउडा र महिलातर्फ लक्सेरीलाई

दार्चुला । सुदूरपश्चिमेलीहरूको महान् तथा मौलिक चाड गौरा पर्वको अवसरमा दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटमा आयोजित वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

महादेव युवा समाज व्याँस–४ डोकटको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ३० र महिलातर्फ ९ गरी ३९ वटा टोली सहभागी भएका थिए। प्रतियोगिताको पुरुषतर्फ शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतेउडा युवा समाज विजेता बनेको छ भने आयोजक महादेव युवा समाज उपविजेता बनेको छ। त्यस्तै महिलातर्फ नौगाड गाउँपालिका–१, लक्सेरी विजेता हुँदा नौगाड गाउँपालिका–६, धुलिगाडा उपविजेता बनेको छ।

गौरा पर्वको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय युवाबीच आपसी सद्भाव, भाइचारा र खेलकुदको विकाससँगै सुदूरपश्चिमको मौलिक कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम महादेव युवा समाज व्यास–४ डोकट, दार्चुलाको आयोजनामा भव्यतापुर्वक सञ्चालन भएको खेलमा सहभागी युवा कन्टेन क्रेटर प्रकाश कार्कीले बताउनुभयो। पुरूषतर्फ विजेता टोलीले ६१,१६१ नगद पुरस्कारका साथै मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भनेे महिलातर्फ विजेता टोलीले १८ हजार नगदसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?