दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा भारतको उत्तराखण्ड खुला विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापकसँग उच्च शिक्षामा सहकार्यका विषयमा छलफल गरिएको छ।
क्याम्पसका सहायक क्याम्पस प्रमुख करनसिंह साउँदको अध्यक्षतामा भदौ ४ गते भएको भेटघाट तथा अन्तरक्रियामा उत्तराखण्ड खुला विश्वविद्यालयका निर्देशक प्रा.डा. पिताम्बरदेव पन्त, प्रा.डा. एस.एन. ओझा, प्रा.डा. विशालकुमार शर्मा र भास्करचन्द्र जोशी सहभागी हुनुभएको थियो।
कार्यक्रममा समसामयिक विषय तथा उच्च शिक्षासँग सम्बन्धित विषयमा प्राध्यापक र विद्यार्थीसँग अन्तरक्रिया गरिएको सहायक क्याम्पस प्रमुख साउँदले बताउनुभयो।
उहाँका अनुसार भेटघाटका क्रममा दुवै शैक्षिक संस्थाबीच उच्च शिक्षाको क्षेत्रमा सहकार्य र आपसी समन्वयलाई अघि बढाउने विषयमा प्रतिबद्धता व्यक्त गरिएको थियो।
सहायक क्याम्पस प्रमुख साउँदले छोटो भेटघाट भए पनि उच्च शिक्षाको विकास तथा शैक्षिक सहकार्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो।





प्रतिक्रिया