अपिहिमाल गाउँपालिका–२ र ३ जोड्ने धनबोरा ट्रस पुलको उद्घाटन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने धनबोरा ट्रस पुलको उद्घाटन गरिएको छ। गत वर्ष सुक्खा पहिरोका कारण पुरानो ट्रस पुल भत्किएपछि समस्यामा परेका स्थानीय बासिन्दा र अपिहिमाल बेसक्याम्प जाने पर्यटकलाई नयाँ पुल निर्माणसँगै आवतजावतमा सहज हुने भएको छ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह ठेकरे बोहराका अनुसार पुरानो पुल भत्किएपछि अपिहिमाल बेसक्याम्प ट्रेकिङमा जाने पर्यटक तथा वडा नम्बर १ र २ का नागरिकलाई आवतजावतमा समस्या भएको थियो। त्यसपछि गाउँपालिकाले एक साताभित्र अस्थायी काठे पुल निर्माण गरेर आवतजावत सञ्चालन गरेको थियो।

अस्थायी पुलबाट आवतजावतको व्यवस्था गरेपछि गाउँपालिकाले धनबोरा ट्रस पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आफ्नै स्रोतबाट नयाँ पुल निर्माण अघि बढाएको थियो। गाउँपालिकाले छ महिनाभित्रै पुल निर्माण सम्पन्न गरि आइतबार (आज) उद्घाटन गरेको अध्यक्ष बोहराले जानकारी दिनुभयो।

नयाँ पुल निर्माणसँगै अपिहिमाल बेसक्याम्पको ट्रेकिङमा सहजता हुनुका साथै वडा नम्बर १, २ र ३ लगायतका क्षेत्रका नागरिकलाई आवतजावत तथा सेवा सुविधामा सहज हुने अपेक्षा गरिएको छ।

पुरानो पुल भत्किएपछि उत्पन्न समस्या समाधान गर्न गाउँपालिकाले तत्काल अस्थायी पुल निर्माणदेखि स्थायी ट्रस पुल तयार पार्नेसम्मको काम आफ्नै स्रोतबाट अघि बढाएको अध्यक्ष बोहराले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?