दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ श्रीपुरमा मंगलबार (हिजो) साँझ ६ बजे चट्याङ लागेर ४० वर्षीय भोजराज जोशीको ज्यान गएको स्थानीय दिपक जोशीले बताउनुभयो।
घर नजिकै रहेको अर्को घर/गोठमा गाईबस्तुलाई घाँस हाल्न जादा चट्याङ लागेर जोशीको मृत्यु भएको बताइएको छ। मृतक जोशीको घरमा श्रीमती, आमा र दुई छोरा रहेका छन्।
दुबैजना छोराहरू सुरक्षाकर्मी रहेको र अप्रिय घटनाको खबर सुनेपछि घर फर्किरहेको उहाँले बताउनुभयो। जोशीको अल्पायुमै निधन भएपछि परिवार र गाउँनै शोकाकुल बनेको छ।





प्रतिक्रिया