श्रीकोट बहुमुखी क्याम्पसद्धारा आयोजित मावि स्तरीय तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

सुरज महरा, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३, खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालन गरिएको अन्तरमाध्यमिक विद्यालयस्तरीय बृहत् तीज विशेष सांस्कृतिक प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमसम्पन्न भएको छ।

क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष हरि नाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती ऐरी कार्की प्रमुख अतिथि तथा क्याम्पस प्रमुख दान सिंह कार्कीलगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा दोगडाकेदार क्षेत्रका ९ वटा माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूले तीज विशेष गीत, नृत्यलगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, अभिभावक तथा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो।

तीज पर्वको मौलिकता, स्थानीय कला–संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै विद्यार्थीमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा रौलेश्वर माध्यमिक विद्यालय, कालागाउँ प्रथम, बैतल माध्यमिक विद्यालय, गोरङ द्वितीय र रौलेश्वर माध्यमिक विद्यालय, काफलकोट तृतीय भएका छन्। यस्तै, सनातन धर्म माध्यमिक विद्यालय, श्रीकोट र चनेराज माध्यमिक विद्यालय, शान्तिपुरले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यालय तथा विद्यार्थीलाई आयोजक श्रीकोट बहुमुखी क्याम्पसले बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालय, शिक्षक–विद्यार्थी, अभिभावक, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा उपस्थित सबैप्रति क्याम्पसले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?