दार्चुला। अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण बाटो तथा पदमार्गमा क्षति पुगेको छ भने भट्टार गाउँ उच्च जोखिममा परेको छ। पहिरोले पदमार्गमा ठूलो क्षति पुर्याएको र जोखिममा रहेको भट्टार बस्ती सुरक्षित स्थानमा सार्ने काम गरिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताउनुभयो।
पहिरोले चौलानी नदीको बहाव प्रभावित भइ नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनुभयो।
नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराइएको उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार (आज) सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।





प्रतिक्रिया