मार्मा गाउँपालिकाको शिक्षा शाखामार्फत पाँच वर्षमा १०७ जनशक्ति छनोट

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको शिक्षा शखाले पछिल्लो ५ वर्षमा १०७ जनशक्ति छनोट गरेको छ । २०७६ फागुन १ गतेदेखि हालसम्म विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत १०७ जना जनशक्ति छनोट गरिएको गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो। यस अवधिमा विभिन्न पदका लागि २५६ जनाको आवेदन परेको उहाँले बताउनुभयो ।

तथ्यांकअनुसार स्थायी दरबन्दी करार, राहत अनुदान कोटा, शिक्षण–सिकाइ अनुदान, स्वयंसेवक शिक्षक, बाल विकास, विद्यालय सहायक कर्मचारी र विद्यालय सहयोगीलगायतका पदमा जनशक्ति छनोट गरिएको हो।

१०७ जना नियुक्तमध्ये १२ जना शिक्षक सेवा आयोग वा लोकसेवा आयोगबाट सिफारिस भएका जनशक्ति रहेका छन्। यस्तै, पालिकाको परीक्षामा असफल भएका दुई जना उम्मेदवार पछि शिक्षक सेवा आयोगबाट सिफारिस भएका छन् भने पालिकाभित्र निम्न माध्यमिक तहको विज्ञापनमा असफल भएका दुई जना उम्मेदवार प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट सिफारिस भएको तथ्यांकमा उल्लेख गरिएको छ।

पदगत रूपमा हेर्दा स्थायी दरबन्दी करारमा १८, राहत अनुदान कोटामा ६, शिक्षण–सिकाइ अनुदानमा २३, स्वयंसेवक शिक्षक ५१, बाल विकास ४, विद्यालय सहायक कर्मचारी १ तथा विद्यालय सहयोगी ४ जना छनोट भएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?