दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ बोहरिगाउँस्थित घोप्टे टोलमा चट्याङ लाग्दा पाँच घरमा क्षति पुगेको छ। शनिबार (आज) साँझ करिब ६ बजेर ४० मिनेटमा परेको चट्याङका कारण तीन घरको विद्युत् मिटर तथा विद्युत् लाइन जलेको स्थानीय आशिष जोशीले जानकारी दिनुभयो । अन्य तीन घरमा पशुचौपाया क्षती भएको उहाँले बताउनुभयो ।
चट्याङका कारण स्थानीय गंगादत्त जोशी, पुष्पराज जोशी र देवदत्त जोशीको घरमा जडान गरिएको विद्युत् मिटर तथा लाइन जलेको छ भने चट्याङ लागेर स्थानीय रामदत्त जोशीको एउटा दुहुने गाई, जयानन्द जोशीको एउटा भैंसी र नारादेवी जोशीको एउटा बाख्रा मरेको उहाँले बताउनुभयो ।
चट्याङबाट अन्य घरमा समेत क्षति पुगेको जनाइएको छ।





प्रतिक्रिया