दार्चुला बहुमुखी क्याम्पसमा अनलाइन ठगीबाट बच्न विद्यार्थीलाई सचेतनामुलक प्रशिक्षण गरियो

दार्चुला । दार्चुला बहुमुखी क्याम्पसमा अनलाइन स्क्यामिङ, फ्रड तथा विभिन्न प्रकारका ठगीबाट बच्ने उपाय र अपनाउनुपर्ने सतर्कतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

साउन २९ गते स्वतन्त्र विद्यार्थी युनियन, दार्चुला बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब निरीक्षक केशव शर्मा र प्रहरी सहायक निरीक्षक पदमराज भण्डारीले विद्यार्थीहरूलाई अनलाइन ठगी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, शंकास्पद लिंक तथा अपरिचित व्यक्तिबाट आउने सन्देश/फोनबाट जोगिने उपायलगायत विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसका B.Ed., BBS र BA का सम्पूर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो। पछिल्लो समय बढ्दै गइरहेको अनलाइन ठगी तथा साइबर अपराधबाट विद्यार्थीहरूलाई सुरक्षित राख्ने, सम्भावित जोखिम पहिचान गर्न सक्षम बनाउने र कुनै पनि शंकास्पद गतिविधिप्रति समयमै सचेत हुन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। आयोजकको तर्फबाट प्रशिक्षक र सहभागीलाई खादा तथा अवीरद्वारा विशेष सम्मान गर्दै धन्यवाद व्यक्त गरेको छ।

विद्यार्थीको शैक्षिक विकाससँगै सुरक्षा, सचेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अभियानलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष प्रकाश बडुले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?