दार्चुलाको रिङनतालमा पहिरो: तीन जना घाइते, उद्धार कार्य जारी

दार्चुला। दार्चुला सदरमुकाम खलंगास्थित रिङनताल/रिङदेपानी क्षेत्रमा शुक्रबार (आज) बेलुकी ७:१० बजे पहिरो खस्दा तीन जना घाइते हुनुभएको छ। घाइते हुनेहरूमा दुहुँ-४ धामीका २० वर्षीय सुरज कुवँर र मालिकार्जुन-२ सिराडका ४२ वर्षीया भागरथी धामी र सोही ठाउँका ४५ वर्षीय भगत सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले बताउनुभयो।

घाइतेमध्ये दुहुँ-४ का सुरज कुवँरलाई थप उपचारका लागि रेफर गरिएको छ भने दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अहिले दुई वटा स्काइभेटर मेसिन लगाएर उद्धार तथा पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो। तलको सडक खुलाइएको छ भने माथिल्लो टिंकर सडक खुलाउने काम भइरहेको छ। घटनास्थलमा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकाय र सरोकारवाला खटिएका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?