दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ धौकोटका केशवदत्त जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको छ। लामो समयदेखि दमको समस्याबाट पीडित जोशीको हाल कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
परिवारका अनुसार चिकित्सकले जोशीको फोक्सोको एउटा भागमा हावा भरिएको र शल्यक्रिया गरी उपचार गर्नुपर्ने बताएका छन्। शल्यक्रियापछि करिब एक सातासम्म सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ।
जोशीको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा ठूलो रकम आवश्यक पर्ने भएपछि परिवारले सहयोगका लागि आग्रह गरेको उहाँका छोरा रविन्द्रराज जोशीले बताउनुभयो।
उहाँले बुबाको उपचारका लागि आर्थिक समस्या भइरहेको भन्दै सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको छ।





प्रतिक्रिया