दमौरा क्रिकेट कपको उपाधि आगर स्पोर्ट्स बगौरालाई,  थाप्ला उपविजेता

दार्चुला। दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ न्वालपानीस्थित दमौरा खेल मैदानमा सञ्चालन भएको दमौरा क्रिकेट कपको उपाधि आगर स्पोर्ट्स बगौराले जितेको छ। शुक्रबार (आज) सम्पन्न फाइनल खेलमा आरबीवाईजी थाप्लालाई पराजित गर्दै आगरले उपाधि जितेको हो।

कार्तिक १७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन शुक्रबार सेमिफाइनलका दुई खेलसँगै फाइनल खेल सम्पन्न भएका हुन्। प्रतियोगितामा विभिन्न १३ वटा टोलीबीच प्रतिस्पर्धा भएको क्लवका सदस्य अशोक सिंह विष्टले जानकारी दिनुभयो ।

आज भएको पहिलो सेमिफाइनल खेलमा मेल्खेत वारियर्स र आरबीवाईजी थाप्लाबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा आरबीवाईजी थाप्ला विजयी हुँदै फाइनलमा प्रवेश गरेको थियो।

त्यस्तै, दोस्रो सेमिफाइनलमा डीवाईसी धाप र आगर स्पोर्ट्स बगौराबीच खेल भएको थियो। उक्त खेल जित्दै आगर स्पोर्ट्स बगौराले पनि फाइनलमा स्थान सुरक्षित गरेको थियो।

उपाधिका लागि भएको फाइनल खेलमा आरबीवाईजी थाप्ला र आगर स्पोर्ट्स बगौराबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा थाप्लालाई पराजित गर्दै आगर स्पोर्ट्स बगौराले दमौरा क्रिकेट कपको उपाधि आफ्नो पोल्टामा पारेको हो। थाप्ला प्रतियोगिताको उपविजेतामा सीमित भएको उहाँले बताउनुभयो ।

क्लबका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा हिरा सिंह धामी र विशिष्ट अतिथिका रूपमा वडा अध्यक्ष गणेश सिंह धामी तथा जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख जनक सिंह बोहराको उपस्थिति रहेको थियो।

.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?