दार्चुला । दार्चुला र बझाङ जिल्लाको सिमानामा अवस्थित परमचुली सिद्धनाथ धार्मिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति गठनका लागि तदर्थ समिति गठन गरिएको छ ।
बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ र ८ तथा दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ को सिमानामा रहेको पुरमचुली सिद्धनाथ धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ कार्यसमिति गठन गर्न लागिएको हो ।
समूहको मूल कार्यसमितिको कार्यावधि समाप्त भएकाले नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया अघि बढाइएको र यसका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी सात सदस्यीय संयोजक समिति गठन गरिएको स्थानीय समेत रहनुभएका शिक्षक नरेन्द्र बहादुर धामीले जानकारी दिनुभयो ।
तदर्थ समितिलाई आगामी २०८३ फागुनभित्र साधारणसभा आयोजना गरी नयाँ मूल कार्यसमिति गठन गर्ने जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया