आदर्श मावि सेल्तडामा देउडा प्रतियोगिता सम्पन्न, गणेश भण्डारी प्रथम

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालय, सेल्तडामा आयोजित देउडा प्रतियोगिता सम्पन्न भएको छ ।

दीपावली तथा छठ पर्वको अवसरमा विद्यालयले आयोजना गरेको एकदिने प्रतियोगिता सम्पन्न भएको हो ।
मौलिक लोकसंस्कृति, कला र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक केशवबहादुर रानाले बताउनुभयो ।

प्रतियोगितामा पुर्चौडी नगरपालिका–१ का गणेशबहादुर भण्डारी प्रथम हुनुभएको छ । डिलासैनी गाउँपालिका–४ की लक्ष्मी बोहरा द्वितीय, डिलासैनी गाउँपालिका–१ सिराडका जोगी धामी तृतीय र बझाङ घर भएका जोगी विकले सान्त्वना स्थान हासिल गर्नुभएको विद्यालयका शिक्षक संयोजक कम्मानबहादुर बोहराले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सबै कलाकारलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, प्रतियोगिता आयोजना गर्ने क्रममा विद्यालयका लागि ८१ हजार १५० रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । उक्त रकम विद्यालयमा कार्यरत माध्यमिक तहका निजी स्रोतका शिक्षकहरूको तलब व्यवस्थापनमा खर्च गरिने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?