एमाले स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको दोस्रो बैठक सम्पन्न

दार्चुला । नेकपा (एमाले) दार्चुलाको स्थानीय तह निर्वाचन अध्ययन कार्यदलको दोस्रो बैठक सम्पन्न भएको छ। आइतबार खलंगामा बसेको बैठकले पालिका तथा वडास्तरमा पार्टीका गतिविधि सञ्चालन गर्ने र कार्यदलका सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णय कार्यदलका सदस्य सचिव खडक बडालले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यदलका संयोजक तथा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश कमिटी सचिवालय सदस्य देव सिंह महर, नगेन्द्र तिंकरी र मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी तथा कार्यदलका सचिव खडक बडाल सहभागी हुनुहुन्थ्यो।

बैठकले पहिलो बैठकबाट पालिका कमिटी, वडा कमिटी, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत पालिकास्तरमा पार्टीको अवस्थाबारे जानकारी लिने उद्देश्यसहित कार्यदलका सदस्यहरूलाई तोकिएको जिम्मेवारीअनुसार भएका कामको समीक्षा गरिएको बडालले बताउनुभयो। साथै, जिम्मेवारी पाएका सदस्यहरूले सम्बन्धित पालिकाका वडाहरूमा भेला, प्रशिक्षण तथा वडास्तरका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकले पालिकाअनुसार कार्यदलका सदस्यहरूलाई जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। जसअनुसार हरदेव जोशी र रामदत्त जोशीलाई शैल्यशिखर नगरपालिका तथा हरदेव जोशी र ज्ञानेन्द्र घर्तीलाई नौगाड गाउँपालिकाको जिम्मेवारी दिइएको छ।

त्यस्तै, देव सिंह महरलाई मार्मा र अपिहिमाल गाउँपालिका, नगेन्द्र तिंकरीलाई दुहुँ र व्यास गाउँपालिका तथा मोहन सिंह धामीलाई मालिकार्जुन र लेकम गाउँपालिकाको जिम्मेवारी तोकिएको छ। कार्यदलका सदस्य सचिव खडक बडाललाई महाकाली नगरपालिका र कार्यालयको जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?