दार्चुला । नेपाल प्रेस युनियन जिल्ला शाखा दार्चुलाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। विहिबार (आज) जिल्ला सदरमुकाम खंलगामा सम्पन्न अधिवेशनबाट प्रकाश चन्द्र भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ ।
समितिको महिला उपाध्यक्षमा विजय जोशी, खुला उपाध्यक्ष भुपेन्द्र सिंह धामी, सचिव प्रेमराज जोशी, सहसचिव गोबिन्द सिंह धामी, कोषाध्यक्ष गोपाल सिंह धामी चयन हुनुभएको छ। सदस्यहरूमा जयराज बडू, माधव भट्ट, केपी भट्ट, कुस्मा बिष्ट र उर्मिला कुवँर चयन हुनुभएको छ।
यस्तै प्रदेश प्रतिनिधि भोजराज जोशी, गणेश सिंह धामी, हेमन्ती भट्ट बडू चयन हुनुभएको छ।
संघीय प्रतिनिधिमा बिक्रम गिरी, कमलराज जोशी, सकुन्तला जोशी, कृष्णबहादुर धामी, सुन्दरसिंह धामी, मनोरथ प्रसाद बडू चयन भएको नवनिर्वाचित कार्यसमिति सचिव प्रेमराज जोशीले बताउनुभयो।





प्रतिक्रिया