दर्ता नभएका आयुर्वेदिक औषधि बिक्री–वितरण नगर्न आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाको आग्रह

दार्चुला । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण नगर्न औषधि व्यवसायी तथा फार्मेसी सञ्चालकलाई आग्रह गरेको छ।

केन्द्रले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत औषधिको गुणस्तर कायम राख्न, जनस्वास्थ्यको संरक्षण गर्न तथा औषधिको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न प्रचलित कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको हो।

औषधि ऐन, २०३५ को दफा ८ बमोजिम नेपालमा बिक्री–वितरण गरिने औषधि औषधि व्यवस्था विभागमा दर्ता भएको हुनुपर्ने तथा दफा १० अनुसार औषधि बिक्री–वितरण गर्ने व्यक्ति वा संस्थाले तोकिएबमोजिम अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख तथा आयुर्वेद चिकित्सक डा. सुमन सत्यालले बताउनुभयो ।

पछिल्लो समय बजारमा दर्ता नभएका आयुर्वेदिक औषधिको बिक्री–वितरण भइरहेको भन्ने गुनासो प्राप्त भएकाले सम्बन्धित सबैलाई प्रचलित कानुनी व्यवस्था र स्वीकृत मापदण्ड पालना गर्न केन्द्रले आग्रह गरिएको उहाँले बताउनुभयो ।

औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिको बिक्री–वितरण नगर्न तथा नगराउन सम्पूर्ण आयुर्वेदिक औषधि व्यवसायी, फार्मेसी सञ्चालक र औषधि बिक्री–वितरणमा संलग्न व्यक्ति तथा संस्थालाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?